चैतमा चुनाव : मन्त्री टोप बहादुर रायमाझी
शान्ति तथा पुनःनिर्माण मन्त्री टोपबहादुर रायमाझीले दलहरुबीच सहमति बन्न नसके सरकारले अगामि चैतमा संविधानसभाको अर्को निर्वाचनको मिति तोक्ने बताएका छन् । उनले दलहरुबीच सहमति नभएसम्म निर्वाचन हुन नसके पनि सरकारले नियमित प्रक्रियाबाट आगामी चैतमा निर्वाचन गर्ने बताए ।
राजधानीमा बुधबार आयोजिन साक्षात्कारमा उनले चैतमा पनि निर्वाचन हुन नसके फेरि मंसिरमा निर्वाचनको घोषणा गर्ने तयारी सरकारले गरिरहेको बताए । त्यसका लागि दलहरुबीच सहमति समेत भई सकेको मन्त्री रायमाझीले खुलासा उनले गरे ।
उनले संविधानका विवादित विषय र निर्वाचन गर्ने भन्ने विषयमा सहमति नगरेसम्म माओवादीले सरकार नछाड्ने बताउँदै सहमति र निकास बिना सरकार छाडेर नभाग्ने जनाए ।
रायमाझीले विपक्षी दलहरुले प्रधानमन्त्रीको राजिनामा मागेको विषय समेत संविधानसम्मत नभएको दावी गर्दै राजिनामाको कुरा गरेर विपक्षी दलहरुले पुरानै व्यवस्था फर्काउने षडयन्त्र गरेको आशंका व्यक्त गरे ।
संविधानसभा विगठन गराउने र राष्ट्रपतिलाई राजा बनाउने कांग्रेसको सोचलाई परास्त गर्न सरकारले निर्वाचनको घोषणा गरेको दावी गर्दै निर्वाचनको विकल्प नभएको स्पष्टपारे ।
कार्यक्रममा कांग्रेस नेता मिनेन्द्र रिजालले पदमुक्त भइसकेका प्रधानमन्त्रीसँग सहमतिको आशा कांग्रेसले नगरेको भन्दै कांग्रेसले पूर्ण तयारी सहित भदौबाटै सरकार विरुद्ध आन्दोलन थाल्ने चेतावनी दिएका छन् ।
उनले माओवादीबाट वार्ताको नाममा धेरै धोका कांग्रेसले पाइसकेको स्पष्ट पार्दै अब संवादमा नअल्मलिकन दसैं अघिनै सबै मुद्दालाई छिनोफाने गर्ने गरी आन्दोलन गर्ने बताए । रिजालले भने,