विभिन्न विद्यार्थीहरुद्वरा बुटवलको उच्च माध्यमिक शिक्षा परिषद्को कार्यकक्षमा अनिश्चित कालिन तालाबन्दी

– कृष्ण खनाल


बुटवल साउन  १७ ।  विगतमा भएका सहमति पालना गर्नुपर्नेलगायतका माग राख्दै आन्दोलनरत रुपन्देहीमा कि्रयाशील विभिन्न विद्यार्थी संगठनहरुको अगुवाईमा बुधबार बुटवलस्थित उच्च माध्यामिक शिक्षा परिषद्का कार्यालय प्रमुखको कार्यकक्षमा अनिश्चितकालीन  तालाबन्दी गरेका छन् ।

 

 नौ विद्यार्थी संगठनको केन्द्रीय स्तरको दोस्रो चरणको कार्यक्रम अनुसार अनेरास्ववियु अनेरास्ववियु छैठौं अखिल क्रान्तिकारी नेविसंघ अनेरास्ववियु र नेक्राविसंघले उच्च माध्यमिक शिक्षा परिषद बुटवल कार्यालय प्रमुख सुवास पन्तको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।


अनेरास्ववियुका कमल भण्डारी अखिल क्रान्तिकारी का रामचन्द्र पन्थी नेवि संघका मुक्ति पौडेल र नेक्राविसंघका लक्ष्मण श्रेष्ठको नेतृत्वमा गएको विद्यार्थी  टोलीले केन्द्रको ज्ञापनपत्र बुझाई तालाबन्दी गरिएको हो ।


आन्दोलनरत विद्यार्थी संगठनहरुले संविधानमा निःशुल्क र समान शिक्षा सुनिश्चित गरिनुपर्ने शिक्षा उत्पादनसंग जोडिएको वहुप्राविधिक हुनुपर्नेराष्ट्रिय हित वपरित विदेशी संस्थाका नाममा राखेका नामहरु हटाउनुपर्नेउच्च माध्यमिक शिक्षा परिषद्ले दिदै आएको २० प्रतिशत छात्रवृत्तिलाई कार्यान्वयन गर्नुपर्ने शिक्षा नियमावली विपरित संचालित कलेजहरु ख्ारेज गरिनुपर्ने लगायतका मागहरु राखेका छन् । यसैगरी आन्दोलनरत विद्यार्थी संगठनहरुले वर्तमान सरकारले पूर्व विशिष्टलाई सुविधा दिन ल्याएको अध्यादेश फिर्ता लिनुपर्ने लोकतन्त्रको मुल्य मान्यता विपरित बारम्बार अध्यादेश ल्याउने काम तत्काल बन्द गर्नुपर्ने र राष्ट्रिय सहमतिका लागि प्रधानमन्त्रीले राजीनामा गरेर मार्गप्रसस्त गर्नुपर्ने माग गरेका छन् ।


विद्यार्थर्ीहरुले साउन २१ गते शिक्षामन्त्रीको पुत्लमा दहन कार्यक्रम राखिएको बताइएको छ ।

 

बुधबारको कार्यक्रममा प्रत्यक्ष सहभागिता नभएपनि हाम्रो संगठनको कार्यक्रमप्रति पूर्ण सर्मथन रहेको  अखिल छैठौंका रुपन्देही अध्यक्ष देवेन्द्र कुंवरले जानकारी गराउनुभएको छ ।


विगतमा सरकारसंग भएका मागहरु पुरा नभए सरकारका विरुद्व शसक्त प्रकारको आन्दोलन गर्ने विद्यार्थी संगठनहरुले चेतावनी दिएका छन् ।