नेपाली सेनाको कामू प्रधानसेनापतिमा बलाधिकृत रथी गौरब समशेर राणा

काठमाडौ । मन्त्री परिषदको आज बसेको बैठकले नेपाली सेनाको कामू प्रधानसेनापतिमा बलाधिकृत रथी गौरब समशेर रणालाई नियूक्त गरेको छ ।


बर्तमान प्रधानसेनापतिको पदावधी आगामि भदौ २४ गते सकिने भएकोले उनलाई नयाँ प्रधानसेनापतिको रुपमा अहिलेलाई कामु तोकेको हो । राणाले आगामि साउन २६ गतेदेखि कायम मुकायमको जिम्मेवारी सम्हाल्ने छन् । प्रधानसेनापतिको रुपमा राणाले भदौ २५ गतेदेखि जिम्मेवारी सम्हाल्ने छन ।

त्यसैगरी मन्त्रीपरिषदको बैठले सरकारले तोकेकै मिति मंसिर ७ गते निर्वाचन गराउन दलहरुसँग सहमति जुटाउन बार्ताकोलागी उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार संयोजक रहेको पर्यटनमन्त्री पोष्टबहादुर बोगटी, भूमिसूधार मन्त्री चन्द्रदेब जोसी सदस्य रहने गरी बार्ता टोली समेत गठन गरेको छ ।

त्यसरीनै मन्त्रिपरिषद् बैठकले मुख्यसचिव नियुक्तिमा असन्तुष्टि जनाउँदै राजीनामा दिने पाँच सचिवको राजीनामा स्वीकृत गरेको छ । यसैगरी चितवनको भरतपुरस्थित वीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षबाट ईश्वरमान श्रेष्ठलाई हटाएको छ ।उनको ठाँउमा  डा भक्तमान श्रेष्ठल्ई नयाँ अध्यक्ष नियुक्त गरेको छ ।

 

– RSS