अन्तरजातीय विवाह गर्नेहरूको सङ्ख्यामा वृद्धि

काठमाडौ । अन्तरजातीय विवाह गर्नेहरूको सङ्ख्यामा वृद्धि भएको छ । अन्तरजातीय विवाह गरेवापत आर्थिक वर्ष २०६६/६७ अवधिभर जम्मा २०५ जोडीले सरकारबाट प्रोत्साहन रकम प्राप्त गरेका थिए भने हालसम्म ७९० जोडीले सो रकम प्राप्त गरिसकेका छन् ।


आर्थिक वर्ष २०६६/०६७ को बजेट वक्तव्यमार्फत तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेले सो कार्यक्रम ल्याउनुभएको थियो ।
गृह मन्त्रालयका अनुसार हालसम्म सबैभन्दा बढी ११० (कैलाली) र सबैभन्दा कम एक (डोटी) जिल्ला प्रशासन कार्यालयबाट अन्तरजातीय जोडीले सो रकम प्राप्त गरेका छन् । सोलुखुम्वु, रामेछाप, रौतहट, मनाङ, मुगु, डोल्पा, अछामलगायतका जिल्लाहरूबाट अहिलेसम्म एउटा पनि अन्तरजातीय विवाह दर्ताका निवेदन नआएको गृह मन्त्रालयबाट थाहा भएको छ ।


प्रोत्साहन रकम पाउने प्रक्रिया अत्यन्त झन्झटिलो भएकोले  सो रकम प्राप्त गर्न कठिन भएको गुनासो सुनिएको छ ।
अन्तरजातीय विवाह गर्ने बुटवलका सागर घिमिरे र सुनिता विकले रकम वितरण कार्यविधि झल्झटिलो भएकोले रकम पाउन कठिन भएको बताए ।


यस्तै अन्तरजातीय विवाह गरेका दैलेखका सन्तबहादुर दमाई भन्छन्