प्रवासी नेपाली र उच्चशिक्षा

– राजेन्द्र श्रेष्ठ

 

हाम्रो देश नेपाल गरिबी बेरोजगारीका कारण लाखौ लाख युवा युवतीहरु आफ्नो इच्छा र रहरहरुलाई चटकै विर्षिएर वा विदेसिन बाध्य भएर १६ बर्षको उमेरमै १८ बर्षको नागरिकता र पासपोर्ट बनाएर लेबरको काममा विदेसिन बाध्य भएका छन ।

 

गरिवीका कारण अहिले पनि हामीले एसएलसी पास गर्ने वित्तिकै उच्च शिक्षालाई तिलान्जली दिईएर कामको खोजीमा गाउ छाडेर सहर र सहर छाडेर विदेश पस्नु परिरहेको छ । मनमा उच्च शिक्षा आध्ययन गर्ने सोच बनाएर काठमान्डौ पोखरा विराटनगर जस्ता सहरहरुमा पसेको गाउँले युवाहरुको पहिलो समस्या भनेको गास बास र कपास नै हुन्छ । हामी गाउँले नेपालीहरुको आर्थिक अबस्थालाई हेर्दा घरबाट पैसा ल्याएर शहरमा बसेर महंगो शुल्क तिरेर पढ्न सक्ने अवस्था कमै मात्रको छ । ९५ प्रतिशत नेपालीको आयले त्यो सम्भव छैन तसर्थ हाम्रा बाबा आमाले एसएलसी पास गरेपछि तः पैसा कमाएर घर व्यवहारको समस्यालाई सघाउने आशा गरेका हुन्छन् । उहाँहरुले छोरा छोरीलाई भन्छन मैले सक्ने जति पढाई हाले अवत त आफै कमाउनु त आफै पढ्नु मैले तेरो लागि खर्च जुटाउनु सक्दिन । हामीलाई पनि थाहा भई सकेको हुन्छ कि घरको कमाईले बसि बसी पढ्नको लागि खर्च पुग्दैन तसर्थ शहरमा जाने केही काम गर्ने र संगै पढाईलाई पनि अगाडी बढाउने सोचका साथ शहरमा पस्नु जरुरी छ ।

 

जव शहरमा पसिन्छ त्यस पछि त झन समस्याको थुप्रो नै अगाडी आई पर्छ पहिलो नम्वरमा काम नै पाईदैन दोस्रो काम पाई हाले पनि त्यो कामको कमाईले हाम्रो जिविका चलाउन मुस्किल पर्छ यसरी सधै कोठाको भाडा तिर्ने बेलामा घरपेटी संग लुकेर वा ढिला भएकोमा माफी मागेर बस्न सकिन्न केही महिनको मेहनतबाट समस्या टर्ने स्थिति नभए पछि पहिलो प्रहार पढाई लाईनै हुन्छ र पढ्न छोडिन्छ । जव पढने काम छोडिन्छ त्यस पछि त पैसा कमाउने सपनाहरु देख्न थलिन्छ अनि त्यो बाटो खाजिन्छ त्यो बाटोका रुपमा अहिल्ो बैदेशिक रोजगारीलाई नै देख्दछौ र पासपोर्ट भिसाको खोजीमा हुन्छौ । अनि सुरु हुन्छ दलाल र म्यनपावरको ढोकामा पुग्ने काम केही समय पछि आई पुग्छौ मलेशिया र अरवका खाडीहरुमा जव बैदेशिक रोजगारीको लागि विदेशमा आउँछौ सानो तिनो भने पनि महिनामा तलव आउने आठ घण्टे काम पाउँछौ अनि फेरी इच्छा जाग्छ यो केही बचेको समयमा आफ्नो उच्च शिक्षा हासिल गर्ने अधुरो सपना पुरा गर्न पाए हुन्थ्यो भन्ने लाग्छ तर हामी त्यसबाट बन्चित हुन परेको छौ विदेशकै कलेजहरुमा अध्यायन गर्न हाम्रो योग्यता र आर्थिक क्षमता सम्भव हुदैन देशको शैक्षिक पात्रोमा सहभागि हुनका लागि हामीलाई यो प्रवासबाट सम्भव छैन तसर्थ हामीलाई पढ्ने र जान्ने इच्छा हुँदा हुदै पनि आफ्नो इच्छालाई खुम्चाएर राख्न बाध्य भएका छौ । हामी संगै एस।एल।सी। पास गरेका केही साथिहरु जस्ले नेपालमै बसेर अध्ययान गरेका हुन्छन् ।

 

 उहाँहरुले डिग्रीको सटिफिकेट लिई सकेका हुन्छ । हामी उहाँलाई पढाईमा सफल भएकोमा बधाई दिन्छौ तर उहाले फेरी हामीलाई नै बधाई दिन्छन कारण उहाको पनि आर्थिक अवस्था कमजोर हुन्छ र भन्छन मैले भन्दा बरु तपाईले नै जित्नु भएको छ । आफ्नो आर्थिक अवस्था सधार्नु भएको छ खै हामीले पढेर के गर्न सकियो र यस्ता जवाफ आउदा पढ्न नपाएर चिसो भएको आत्म केही शितल त हुन्छ तर पनि शिक्षा भनेको शिक्षा नै हो ।

 

मेरो विचारमा अझै विस तिस बर्ष हामी नेपालीको लागि हाम्रो देश नेपाले रोजगारी दिन सक्लाजस्तो लाग्दैन यो लामो समय सम्ममा हामीले खाली अर्ध शिक्षाको मात्र ज्ञान दिने हो भने भोलीका दिनमा उच्च शिक्षा हासिल गर्नेको संख्या निकै कम हुदै जाने छ । तसर्थ मैले यस लेखमा प्रवासबाट नै उच्च शिक्षाको परिक्षा दिन पाउने व्यवस्था नेपाल सकारले मिलाई दिने हो भने हामी प्रवासमा रोजी रोटीका लागि जिन्दगी विताउनेहरुको पनि हातमा उच्च शिक्षाको सर्टिफिकेट र ज्ञान हासिल गर्न सक्ने थियो । किनकी हामीलाई आठ घण्टा काम अठ घण्टा आराम र आठ घण्टाको मनोरन्जनको समयमा कम्तिमा दिनको दुई तिन घण्टा अध्यानलाई जोड दिइन्थ्यो भने टिउसन र कोचिङ्ग जस्ता बौदिक व्यवसायको पनि विकास हुथ्यो । छोरा विदेश बाट फर्कदा आर्थिक रुपमा घरव्यवहार चलाउन सक्ने हुन्थ्यो भने बौदिक रुपमा पनि उसले ज्ञान हासिल गरेर फर्कदा घर परिवार र देशलाई पनि फाईदा पुग्ने कुरामा दुईमत हुन सक्दैन ।  त्यसै गरि याहाँ पढ्ने कामको विकास संगै फुस्रद पाउने साथ जुवा तास जाड रक्सी जस्ता कुलतमा पनि फस्न पाउदैन थियो । मेरो विचारमा प्रवासीयका झण्दै चालिस प्रतिशत युवाहरु परिक्षको लागि तयारी गर्नेमा नै उसको बचेको समय विताउने छ । देशबाट एस।एल।सि। फेल हुने साथ विदेश आउनेको संख्यामा पनि कमि आउने छ किनकी उनिहरुले सोच्नेछन उतैबाट पनि उच्च शिक्षाको अध्यायन र परिक्षा दिन पाउने भएको हुदा एसएलसि पास गरेर जान पाए शिक्षा र आर्थिक दुई वटा फाईदा लिन सकिन्छ तसर्थ पास गरेर नै विदेश आउने मनसाय हुन्छ र त्यसै गर्नेछ ।


हामीले याहाँ अन्य मुलुकका प्रवासीहरुको लागि उनिहकै देशको स्कुल र कलेजहरु खोलेका छन भने हाम्रा पनि त्यो बाटोमा जान सके पढ्ने इच्छा हुदाँ हुदै विदेशिन बाध्य युवाहरुको लागि सुनमा सुगन्ध हुनछ । 

यसबाट मैले देखेका फाइदाहरु


१- म जस्ता एसएलसि परिक्षा दिइएर बाध्यताबस प्रवासिएका युवाहरुको शैक्षिक स्तारको बृद्वि हुने र देशको बौदिक सर्कलको विकास भई राष्ट्रिनिमार्णमा सहयोगि हुनेछ ।

२- एसएलसि पास गरेर विदेशिनेको संख्या अत्यधिक रहेको वा एउटा कोठामा आठ जाना मध्य ४ जना भेटिएको हुदा उनिहरुको पढ्ने इच्छा पुरा हुने ।
३-एसएलसि फेल भएर अर्को पटक दिनुको साटो उमेरै नपुगी हतार हतार पासपोटए बनाएर विदेश आउनेहरुको लागि पनि सोचनीय हुन्छ किनकी एस। एल। सि। गरेर विदेश जान सके त्याहाँ पनि उच्च्ा शिक्षाको अवसर पाउने भएको हुँदा तेतातिर अलिक बढि ध्यान पुर्याउने छन् र पास गरेर आउने को संख्यामा बृद्दी हुन्छ । जसले यहाँको रोजगारदातालाई पनि सोचनिय बनाउने छ ।

४-जागिरबाट बचेको समयलाई शिक्षामा प्रयोग गरिने हुँदा विकृति र विसंगतिमा कमी आउने छ ।
५-बौदिक विकासले अन्तर्राष्ट्रिय मित्रहरुसंगको व्यवहारमा पनि फरक आउने छ । बौद्धिक विचार व्याक्त गरिने हुदाँ अन्तर्राष्ट्रिय सम्बन्धमा देखिएको तल्लो स्तरको कामदार पठाउने देशको नामलाई पनि बौदिक कामदार पठाउने देशको रुपमा विकास गर्न सकिन्छ ।