– सुदन खड्का
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची सन्धिखर्कको छापडाडामा दुर्गा मन्दिर निर्माण गरिएको छ । स्थानिय २ नम्बर वार्डका वासिन्दाको श्रम दान बाट मन्दिरको निर्माण गरिएको हो ।
विगत ५ महिना अघीबाट निर्माण कार्य सुरु गरिएको भए पनि भर्खर मात्र काम सक्किएकोले गत मगंलबार बिशेष पूजाआजा गरी एक कार्यक्रमका बिच मन्दिरको मुल प्रवेश द्वार खुल्ला रहने गरी उद्घाटन गरिएको हो ।
सो मन्दिर निर्माणका लागि सोही स्थान बाट बैदेशिक रोजगार अन्तरगत सम्युत्त अरब एमिरेट्स यूएईको दुबइ पुगेका युवाहरुले समेत सहयोग गरेका थिए।
करीब ८ लाखको लगानीमा अत्याधुनिक र गुणस्तरिय भवन निर्माण गरिएको हो । मन्दिरमा कालारात्री , दुर्गा पूजा , दशैमा सराय नाच तथा अन्य स्थानिय स्तरका धार्मिक कार्य गरिने छ ।
मन्दिरमा स्थानिय पूजारीले दैनिक पूजा अर्चना गर्ने ब्यबस्था मिलाइएको छ ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।