एनआरएनएका सदस्यद्धारा सम्पादकलाई ज्यान मार्ने धम्की/अर्घाखाँची डट्कमद्धारा घोर भत्सर्ना

arghakhanchiमुलुकको शक्तिकेन्द्रसम्म आफ्नो पहुँच भएको भन्दै एक एनआरएनएका सदस्यले अनलाइनअखबार डटकमका सम्पादकलाई ज्यान मार्ने धम्की दिएका छन् । अहिले अमेरिकामा रहेको र आफु सोही स्थानमा भएपनि पैसा खर्च गरेकै भरमा नेपालमा गुण्डा परिचालन गरेर ज्यान मार्न समेत सक्ने भन्दै उनले आफ्नो समाचार गलत भएको व्यहोरा सहितको खण्डन लेख्न धम्की दिएका हुन् ।



गत बिहिबार विहान नौ बजे उनले डटकमका सम्पादक मनोज खतिवडाको मोवाइलमा फोन गरी प्रकाशित समाचार नसच्याएको खण्डमा ज्यान समेत लिनसक्ने धम्की दिएका हुन् । उनले इन्टरनेट कलबाट फोन गर्दै यसरी धम्की दिएका थिए । एनआरएनएको नाम भजाएर ठगी धन्दामा संलग्न एनआरएन थाइल्याण्डका सदस्य शशी अधिकारीले विभिन्न मुलुकमा श्रम रोजगार दिलाइदिने बहानामा सयौं नेपाली युवाहरुलाई ठगी गरेको आरोपको समाचार अनलाइनअखबारमा प्रकाशित भएकोप्रति आफ्नो चरित्रहत्या भएको भन्दै उनले ज्यान लिने धम्की दिएका हुन् । उनले धम्की दिँदै भने ९ म पैसा खर्च गरेकै भरमा तेरो ज्यान लिनेछु । म तेरो आँखा फोडिदिनेछु, मेरो समाचार गलत हो भनेर लेख बरु म विज्ञापन दिनेछु, भन्दै उनले ९सच्याए पैसा दिने नसच्याए ज्यान लिने० सम्मको अभिव्यक्ति दिएका थिए ।



थाइल्याण्डको बैंककमा रेष्टुरेण्ट व्यवसायमा संलग्न अधिकारी आफ्नो रेष्टुरेण्टमा विभिन्न मुलुकका माफियादेखि सरकारका उच्च पदस्थ अधिकारी समेत आउने र उनीहरुसंग गहिरो सम्बन्ध रहेको भन्दै विभिन्न देशी विदेशी शक्तिकेन्द्रका उच्च अधिकारीहरुसंग समेत आफ्नो सम्बन्ध रहेकोले जेसुकै पनि गर्न सक्ने र केही रकम खर्च गरेकै भरमा नेपालमा गुण्डा परिचालन गरेर ज्यान समेत लिन सक्ने धम्की दिँदै अधिकारीले अगाडि भने ० तैले मलाई चिनेको छैनस्, मेरो विजनेस अमेरिका, थाइल्याण्ड, भारत, भियतनाम, नेपालदेखि विभिन्न मुलुकमा छ, म जेपनि गर्नसक्छु, मैले धम्की दियो भनेर लेख, मोवाइलमा रेकर्ड गर, तर याद गर तँ मरीस्, म तलाई मार्ने छु । तँ कहाँ बस्छस्, के गर्छस्, मेरो केटाहरुले तेरो रेकर्ड लिइसकेको छ, बुझिस् ।



थाइल्याण्डमा बसेर सिंगापुरको स्टार क्रुजदेखि यूरोप र अमेरिकामा जागीर लगाईदिने भन्दै ठगी धन्दामा संलग्न रहेको आरोप लाग्दै आएका अधिकारीबाट पिडित बनेका दर्जनौ पिडितहरु अनलाइनअखबार डटकमको सम्पर्कमा रहेको र उनीहरुको पिडालाई समाचार मार्फत सार्वजनिक गरेको भएतापनि सो समाचार गलत भएको भन्दै उनले ज्यान मार्ने धम्की दिएका हुन् । अधिकारीले यसअघि दर्जनौं व्यक्तिहरुलाई विभिन्न मुलुकमा रोजगार दिलाइदिने बहानामा ठगी गरेको भन्दै पिडितहरुले उनी विरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी समेत दर्ता गरेका छन् । यहि घट्नालाई सार्वजनिक गरेकै कारण उनले ज्यान मार्ने धम्की दिएका थिए । साथै नेपालमा रहेको अपराधिक समूहलाई खर्च गरेर भएपनि ज्यान मार्ने तयारी भैरहेको उनले टेलिफोन सम्वादमा सुलासा गरेका छन् ।



एनआरएन थाइल्याण्डको सदस्य अधिकारीले ठगी गरेको कारण कतिपय एजेण्टको रुपमा काम गर्ने व्यक्तिहरु समेत नेपालमा बस्न सक्ने स्थीति नभएपछि विभिन्न मुलुकमा लुक्दै बस्न बाध्य बनेको समेत आरोप लाग्दै आएको छ । रमेशकुमार आचार्यदेखि सुशिल, खेमराज पोखरेल, लगायतका विभिन्न एजेण्टहरुको पैसा ठगी गरेका अधिकारीका कारण थुप्रै नेपाली युवाहरु पिडित बन्न बाध्य बनेको बताइएको छ । आफ्नो कर्तुत लुकाउने र पिडितहरुलाई आफ्नो विरुद्ध नलाग्न समेत उनले ज्यान लिने धम्की दिँदै आएको दावी एक पिडितले नाम नछाप्ने शर्तमा बताएका छन् । यसैबिच वैदेशिक रोजगार विभागले प्रथम चरणमा रेड कर्नर नोटिस जारीमा परेका सिरिलकुमार श्रेष्ठले गरेको ठगी घट्नामा समेत अधिकारीको मिलेमतो रहेको आरोप लाग्दै आएको छ । यूरोपमा रोजगार लगाईदिने बहानामा श्रेष्ठले सयौं व्यक्तिहरुलाई ठगी गरेपछि अधिकारीको मिलेमतोमा सो घटना भएको आरोप पिडितहरुले लगाउँदै आएका थिए ।



यूरोप लगिदिने भन्दै ठगी गरेर फरार भएका सिरिल कुमार श्रेष्ठले समेत आफ्नो पैसा खाएको भन्दै अधिकारीले श्रेष्ठलाई समेत नछोड्ने र एजेन्टको रुपमा काम गर्ने खेमराज पोखरेललाई भारतमै हातखुट्टा भाँची दिने धम्की दिए । उनको विरुद्ध समाचार दिने कोही पनि बाँकी नराख्ने धम्की अधिकारीले दिएका छन् । यसैबिच एनआरएनएको आड्मा पत्रकारलाई मार्ने धम्की दिँदै पत्रकारिता जगतलाई नै चुनौती दिएका अधिकारीको धम्कीको अर्घाखाँची डट्कम् पनि घोर भत्सर्ना गर्दछ।