ईराकमा पछिल्लो समय हिंसात्मक घटनामा वृद्धी

ईराकमा पछिल्लो समय हिंसात्मक घटनामा वृद्धी भएको एक तथ्यांकले देखाएको छ । गत जुलाई महिनामा ईराकमा भएका हिंसात्मक घटनामा पछिल्लो दुई वर्ष यताकै धेरै मानिस मारिएका छन् ।

 

ईराकको सरकारी तथ्यांक अनुसार जुलाईमा मात्रै ईराकमा भएका विभिन्न आक्रमणमा परी ३ सय २५ जना मारीएका छन् । यसरी ज्यान गुमाउनेहरुमध्ये २ सय ४१ जना सर्वसाधारण रहेका छन्भने ४४ जना ईराकी सैनिक र ४० जना प्रहरी रहेका छन् ।

 

पुर्व शाशक सद्दाम हुसेनको पतनपछि राजनीतिक स्थिरता र शान्ती सुरक्षा वहालीको लागि भएका अनेकौं प्रयासका बाबजुद पनि ईराकमा स्थिति सुधारीन सकेको छैन ।

 

कट्टरपन्थी सुन्नी समर्थकहरुले सिया नेतृत्वको सरकार विरुद्धको आक्रमणलाई पछिल्लो समय बढाएपछि हिंसाका घटना ह्वात्तै बढेका छन ।