मुख्य सचिव माधवप्रसाद घिमिरेको आज विदाई हुँदैछ । साँझ साढे ७ बजे राजधानीको काठमाण्डुको एउटा तारे होटलमा विशेष कार्यक्रम गरेर घिमिरेको विदाई गर्न लागिएको छ ।
निवर्तमान सचिव घिमिरेको विदाई कार्यक्रममा प्रधानमन्त्री डा बाबुराम भट्टराई,उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छादार, लगायतका सरकारी विशिष्ठ अधिकारीहरु सहभागी हुने कार्यक्रम तय भएको छ । पदावधि सकिनुअघि घिमिरे हाल विदामाबसेका छन् बस्नुभएको छ ।
घिमिरेको कार्यकाल आउँदो २२ गतेसम्मको छ । घिमिरेको पदावधि सकिनै लाग्दा सरकारले कायम मुकायम मुख्य सचिवमा लीलामणि पौड्ललाई नियुक्त गरिसकेको छ । कायममुकायम मुख्य सचिवको छनौट प्रक्रियामा असन्तुष्टि जनाउँदै पाँच जना सचिवले राजीनामा दिइसकेका छन् ।
-RSS