नेकपा एमालेका नेता केपी शर्मा ओलीले वर्तमान सरकारप्रति छिमेकी मुलुक भारत पनि असन्तुष्ट रहेको दावी गर्नु भएको छ ।
भारत भ्रमणबाट स्वदेश फर्किएपछि अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता ओलीले सरकारको गतिविधिले भारतीय नेताहरु निराश रहेको बताउनु भयो ।
नेता ओलीले सरकारले प्रतिपक्षी दलहरुसँग वार्ता गर्न टोली गठन गर्नुलाई नक्कली काम गर्नुभयो । तानाशाहहरुले आफ्नो सत्ता टिकाई राख्न यस्तै प्रयास गर्ने भन्दै उहाँले यसको कुनै अर्थ नरहेको बताउनु भयो ।
स्वास्थ उपचारका लागि भन्दै दिल्ली गएका नेता ओलीले राष्ट्रपति प्रणब मुखर्जीका साथै विभिन्न दलका नेताहरुसँग भेट वार्ता गर्नु भएको थियो ।