– कृष्ण खनाल
रुपन्देहीमा अपाङ्गता परिचय पत्र लिनेको संख्या न्यून रहेको छ । जिल्ला विकास समितिको सामाजिक साखाको तथ्याङ्क अनुसार जिल्लामा गत आर्थिक बर्ष २०६८/०६९ मा ५ हजार ७ सय ५२ जना अपाङ्गता भएका व्यक्तिहरु भएपनि जम्मा ३ हजार ८ सय ९५ जनाले मात्र अपाङ्गता परिचय पत्र लिएका छन् ।
महिला तथा बालबालिका कार्यालय रुपन्देहीको तथ्याङ्क अनुसार नयाँ ढाचाको अपाङ्गता परिचय पत्र ११ सय ६ जनाले मात्र लिएका छन् । जस मध्ये सारिरिकरुपमा अशक्त ६ सय ६६जना, पूर्ण दृष्टिविहिन ७२ जना, न्युन दृष्टिविहिन ६६ जना, बहिरा १ सय २ जना, सुस्त श्रवण १२ जना, वोलाई सम्बन्धी ३ जना, बौद्धिक अपाङ्गता ६८ जना, मानसिक अस्वथता १३ जना ‘अटिज्म