सहमति भए प्रधानमन्त्री भट्टराई राजीनामा दिन तयार

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पदमा बसिरहन पटक्कै मन नभएपनि दलहरुवीच सहमति बन्न नसक्दा छाडेर हिड्न नसकेको बताउनुभएको छ ।



आफ्नै निवास बालुवाटारमा शुक्रबार साँझ संचारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री भट्टराईले अहिलेको सरकार चुनावी सरकार भएकाले दलहरु आफ्नो राजीनामा माग्नुभन्दा राजनीतिक निकासका लागि पहल गर्नुपर्ने बताउनुभयो ।



संकट समाधानका लागि दुईवटा बिकल्प पेश गर्दै प्रधानमन्त्री भट्टराईले मुलुकलाई अघि बढाउन सहमति हुँदा कुनैपनि हालतमा बाधक बन्ने पक्षमा नरहेको बताउनुभयो ।