नेपाली काँग्रेसका जिल्ला सचिवहरुको भेला आज देखी पोखरामा सुरु

नेपाली काँग्रेसका जिल्ला सचिवहरुको भेला आजदेखि पोखरामा सुरु  भएको छ । तीन दिनसम्म चल्ने भेलामा पार्टीको नीति तथा कार्यक्रमका बारेमा सचिवहरुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको नेपाली काँग्रेस कास्कीका जिल्ला सभापति यज्ञबहादुर थापाले जानकारी दिनुभयो । 
भेलाको पार्टी सभापति सुशील कोइरालाले उद्घघाटन गर्नु भएको हो ।
पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रशिक्षणमा पार्टीका जिल्ला सचिवहरुको नेतृत्व विकास, कार्यालय व्यवस्थापन, सञ्चार प्रविधि तथा पार्टी सुदृढीकरणका बारेमा परिक्षण दिने कार्यक्रम रहेको छ । भेलामा उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्ण सिटौला लगायत केन्द्रीय सदस्यहरुको उपस्थिति छ । 
प्रशिक्षण कार्यक्रममा सहभागी हुन ७५ वटै जिल्लाका पार्टी सचिव सहित दुईसय भन्दा बढीको सहभागीता रहेको नेपाली काँग्रेस कास्कीले जनाएको छ ।