देशभर मौसम सकृय,अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित १० को मृत्यू, हजारौं घर डुबानमा

देशभर मौसम सकृय भएको छ । मौसम सकृय बने पछी अविरल परेको वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । बर्षाका कारण अहिले सम्म  १० जनाको  मृत्यू भएको तथ्याकं अर्घाखाँची डट्कम् केन्द्रिय कार्यलयलाई प्राप्त भएको छ । साथै हजारौं घर डुबानमा समेत परेका छन । 



अविरल वर्षासँगै आएको बाढी र पहिरोले शुक्रबार १० जनाको मृत्यु भएको छ भने चार बेपत्ता भए । दाङमा हजार घर डुबानमा परेका छन् भने त्यहाँ बगेर दुई महिला र उद्धारमा गएका एक प्रहरीले ज्यान गुमाएका छन् । 



गुल्मीमा घर बगाउँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । 



बाजुरामा दाजुभाइ नै बगेर बेपत्ता भएका छन् । 



पर्वतको नहरमा खस्दा एक बालकले ज्यान गुमाएका छन् । 



बागलुङमा बाढीबाट एक महिलाको मृत्यु भएको छ भने दुई पुरुष बेपत्ता छन् । 



मकवानपुरमा पनि बगेरै एकको मृत्यु भएको छ । 



कैलालीका केही गाउँ र बर्दिया राजापुरमा पनि दुई सय घर डुबानमा छन् । 



नेपालगन्ज नगरक्षेत्र जलमग्न छ । 



मनाङको धारापानी-१ तालगाउँ डुबानमा पर्दा चार सय गाउँले विस्थापित भएका छन् ।मनाङको तालगाउँमा पसेको बाढीले एक जनालाई घाइते बनाएको छ । त्यहाँका बासिन्दा सेनाको ब्यारेकमा शरण लिएर सुरक्षित भएका थिए 



म्याग्दीमा चार घर र दुई गोठ पुरिएका छन् । चर्चित तातोपानी कुण्ड पुरिएको छ । ।



थप पूर्ण विवरण 



राप्तीमा शुक्रबार बिहान आएको बाढीले हजारौ घर डुबानमा परेका छन् । डुबानमा परेका सर्वसाधारणको उद्धारमा खटिएका सशस्त्र प्रहरीका हवल्दारसहित तीन जनाको मृत्यु भएको छ । एक महिला बेपत्ता छिन् ।



मृत्यु हुनेमा गोबरडिहा-९ का ४० वषर्ीय ज्ञानबहादुर पुन, सिसहनिया-९ की ४५ वषर्ीया खैरुन निशा र उद्धारमा संलग्न सीमा सुरक्षा बल अर्जुनखोलामा कार्यरत दैलेख चिसापानी निवासी सशस्त्र प्रहरीका सहायक हवल्दार २७ वषर्ीया रामबहादुर राना रहेका छन् । सिसहनिया-९ भगवानपुरकी ४२ वषर्ीया कमरुन निशा बेपत्ता छिन् ।



दाउरा खोज्न निस्किएका चार महिलालाई बाढीले बगाएर ५ किलोमिटर टाढा सोनपुर-२ केरुनिया पुर्‍याएको थियो । केरुनियामा रूख समाएर बसेका चार महिला बिहान ७ देखि अपराह्न साढे ३ बजेसम्म बाढीको बीचमा बसेका थिए । तीमध्ये खैरुनको मृत्यु भयो, कमरुन बगेर बेपत्ता भइन् । २३ वषर्ीया आइसा खातुन र २४ वषर्ीया अमरुन निशाको मात्रै साढे आठ घन्टापछि उद्धार भयो ।



उद्धार भएकीमध्ये अमरुन मृतक खैरुनकी छोरी हुन् । उद्धार भएका महिला बिरामी परेका छन् । उनीहरूको सिसहनियाको मेडिकलमा उपचार भइरहेको छ । ‘दाउरा खोज्दाखोज्दै एक्कासि बाढी आयो । हामीलाई बगाएर ५ किलोमिटर टाढा सोनपुर पुर्‍यायो । दिनभर सिसौको रूखको फेद समाएर बसियो,’ अमरुनले भनिन्, ‘तर आमालाई बचाउन सकिएन । काकीलाई बगाएर बेपत्ता पार्‍यो । हामी दुईजना बल्ल-बल्ल बाँच्यौं । बाँच्छु जस्तो लागेको थिएन । भाग्यले बाँचियो ।’ प्रहरी सहायक हवल्दार रानाको पनि सोनपुरमा बाढीमा डुबेकाहरूको उद्धार गर्ने क्रममा मृत्यु भएको हो । घाइते रानाको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र लमही ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।



एक्कासि बाढी आएपछि बीचमा रूखमा चढेर बाँचेका १३ जनाको काठमाडौंबाट आएको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेको छ । बेला-५ चप्पाबाट ६ जना, सतबरिया-२ बनघुस्रीबाट ५ र गंगापरस्पुरबाट २ जनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी मधुसूदन बुर्लाकोटीले बताए । उनीहरूको बेलुका साढे ६ बजेमात्र उद्धार गरिएको थियो । बाढीले सिसहनियाका ६ सय ७०, सोनपुरका ७२, लालमटियाका ७५, गोबरडिहाका २०, बेलाका ६५ र सतबरियाका २५ घर डुबानमा परेको प्रहरीले बताएको छ । विस्थापितलाई सुरक्षित स्थलमा राखिएको छ । बाढी प्रभावित क्षेत्रमा दिनभर सशस्त्र प्रहरी, जनपद र नेपाली सेना खटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी विपिनकुमार कर्माचार्यले बताए ।

 


 

घरसँगै बगेका परिवारका चारको मृत्यु



ठूलोलुम्पेक-२ ढुंगाचाल्नेमा झन्डै १२ मिटर उमाथिबाट बग्दै आएको पहिरोले घनश्याम विकको खरले छाएको घर बगाउँदा एकै परिवारका चार जनाको मृत्यु भएको हो । घरसँगै घनश्यामकी श्रीमती ३९ वषर्ीया भवि, १३ वषर्ीय छोरा उमेश, ११ र ६ वर्षीया छोरीहरू मुना र विपनालाई पनि बगाएको थियो । सँगै बगेका घनश्याम र १० वषर्ीय छोरा केशरलाई गाउँलेले उद्धार गरेका थिए ।

Photo8



स्थानीयका अनुसार खेतीपाती नभएका घनश्यामले गाउँलेको हतियार मर्मत गरेबापत पाउने मकैबाट परिवारको गुजारा गर्दै आएका थिए । 



उनका १८ वर्ष मुनिका अन्य तीन छोरा रोजगारका लागि भारत गएका छन् । मृत्यु हुने चार जनामध्ये दुईको सुरुमै र दुई जनाको झन्डै २ घन्टापछि स्थानीयले शव फेला पारेका थिए । ४२ वर्षीय घनश्याम घटनापछि बेला-बेलामा बेहोस भइरहेका छन् ।



डीएसपी राजकुमार बैदवारका अनुसार वर्षाले जिल्लाका अधिकांश सडकमा यातायात अवरुद्ध भएको छ । कालीगण्डकी रिडीको ऋृषिकेश मन्दिरसहित किनारका घरटहरा समेत जोखिममा परेका छन् ।



४ सय विस्थापित



अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङको धारापानी, १ तालगाउँ डुबानमा पर्दा झन्डै ४ सय गाउँले विस्थापित भएका छन् । गाउँमाथिको क्लेउ जंगलमा पहिरो गएपछि खोलामा आएको बाढी गाउँमा पसेको हो । लेदो माटोसहित अधिकांश घरमा पसेको बाढीका कारण एक प्रहरीसहित ३ घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडांै लगिएको स्थानीय भानु माविका शिक्षक सिंहबहादुर गुरुङले बताए । टाउकोमा गम्भीर चोट लागेकी २५ वषर्ीया जीना गुरुङको अवस्था गम्भीर छ । त्यसैगरी प्रहरी जवान खुसबहादुर गुरुङ र अर्का स्थानीय बलराम गुरुङ पनि घाइते छन् । 



बेसीसहर चामे सडक निर्माणमा रहेको नेपाली सेनाको कार्य गणका सहसेनानी लोक घिमिरेका अनुसार बाढीले निर्माणाधीन स्वास्थ्यचौकी र महिला समाजको घर पुरेको छ । गाउँका अधिकांश घर डुबानमा छन् । शुक्रबार दिउँसो साढे एक बजेतिर ठूलो आवाजकासाथ पहिरो गएलगत्तै बाढी गाउँ पसेको थियो । ‘स्थानीयवासी कराउँदै भाग्दै गरेको देख्यौं,’ घिमिरेले भने, ‘गाउँलेमध्ये अधिकांश क्याम्पमा सुरक्षित छन् ।’ अन्य विस्थापित सिरातताल, घेराङ, च्याम्चे, खोत्रोमा गएर बसेका छन् । मनाङका जिल्ला इन्जिनियर कृष्ण आचार्यले ५ सय मिटर लम्बाइको पहिरो गएको बताए । पहिरो रोकिए पनि लेदो माटो गाउँभरी भएकाले कोही पनि जान सक्ने स्थिति छैन । १ हजार ६ सय मिटर अग्लो गाउँ मस्र्याङदी नदी किनारमा छ । नदी बस्तीको सतहसम्म आइरहे पनि स्थानीयवासी खतरा मोलेर बस्दै आएका थिए ।



२०६३ असारमा दूधखोला मुहानमा गएको पहिरोले मस्र्याङदीमा बाढी आउदा पनि गाउँ डुबेको थियो ।



उता, पहिरोले म्याग्दीको अर्मन गाविस-६ खोलाखर्कका ४ घर जोखिममा पर्दा परिवार विस्थापित भएका छन । बाबियाचौरबाट बागलुको ताराखोला जोड्ने कृष्ाि सडकअन्तर्गत अर्मन ६ पाखर्कबाट झरेको पहिरोले अर्मन खोलाखर्कको बस्ती जोखिममा परेको हो । पहिरोले रत्न विक र कुलबहादुर केसीको भैंसी गोठ बगाएको छ । ‘पहिरो खस्न रोकिएको छैन, उच्च जोखिममा परेका चार परिवारलाई सुरक्षित स्थानमा सारेका छौं’ स्थानीय शिशु कल्याण माविका शिक्षक घनश्याम सुवेदीले टेलिफोनमा भने । ०५८ साउनमा यही बस्तीमा भीषण पहिरो जाँदा २१ जनाको ज्यान गएको थियो भने ९० परिवार घरवारविहीन भएका थिए । ९ वर्षपछि पहिरो दोहोरिएकाले गाउँलेमा त्रास फैलिएको छ ।



दुई दिनदेखि लगातार परेको झरीले म्याग्दी सदरमुकाम बेनी जोडिएका सबै सडक अवरुद्ध छन् । सदरमुकामलाई राजधानी तथा अन्य सहर जोड्ने पोखरा-मालढुंगा-बेनी सडकको खनियाँघाटमा पहिरो जाँदा सवारी अवरुद्ध छन् । पर्वतको नाङ्लीवाङ गाविसमा थुप्रै सवारीसाधन रोकिएका छन् ।



कुण्डहरु पनि पुरिए



म्याग्दीकै सदरमुकामदेखि १२ किमि पश्चिमस्थित सिंगा गाविसमा रहेको प्रशिद्ध तातोपानीको मुहान र पोखरी पनि पहिरोले पुरिएको छ । ‘तातोपानी कुण्ड पूरै पुरिएको छ,’ सिंगा गाविसका पूर्वअध्यक्षसमेत रहेका स्थानीय देवबहादुर घलेले बताए ।



त्यसैगरी कालीगण्डकीको बाढीले घारा गाविस-९ रातोपानीस्थित तातोपानीको मूल र पोख