दु:ख

– बाबु रोका(मगर)
असुरकोट-९ अर्घाखाँची हाल (न्यू दिल्ली भारत)


दु:ख को छैन कुनै कोड परीभाषा
यो हुन्छ रुखको पात जस्तै
आउछ बसन्त जस्तै
जान्छ पतझड जस्तै
हुन्छ यो घाम छाँया जस्तै
आफ्नो माया पिरती जस्तै
कहिले बढ्ने त कहिले घट्ने
राजा,मन्त्रीहरुको राज जस्तै ||

उनिहरु कसरी सहन्छन् होला
जो हुन्छन् नि:शब्द निष्प्राण जस्तै
उनिहरु कसरी सहन्छन् होला
भएर अन्जान जस्तै
यो दुनियाँमा दु:ख बाट बचेको छैन कोही
यहाँ कसैले गरे कसैले भरे छुटेको होला मात्र कोही-कोही
दु:ख को छैन कुनै कोड भाषा
यो हो एउटा अमुक भाषा
नबोली बुझ्न सके सबैले
यसको यही हो परीभाषा |||