सिरियाको राजधानी दमस्कस र एलेप्पो शहरमा विद्रोही र सरकारी सेना विच भीषण युद्द
श्रावण २० गते, २०६९ मा प्रकाशित
अर्घाखाँची डट्कमलाई थाहा भए अनुसार सिरियाको राजधानी दमस्कस र एलेप्पो शहरमा विद्रोही र सरकारी सेना विच भीषण युद्द भएको छ।
राजधानी दमस्कसमा विद्रोही विरुद्धको भीषण सरकारी कारवाहीमा सयौ मानिस मारिएका छन् ।
सेनाले घर घरमा घुसेर मानिसहरुका कागजात माग्दै केही शंकास्पद व्यक्तिहरुलाई मारेको विपक्षीले आरोप लगाएका छन् ।
मारिने अधिकाशसलाई टाउको, घांटी र मुखमा गोली हानिएको जनाईएको छ ।
सरकारी टेलिभिजनले दर्जनौं आतंककारीले आत्मसमर्पण गरेको र केही कारवाहीका क्रममा मारिएको जनाएको छ ।
यसैगरी अर्घाखाँची डट्कमलाई थाहा भए अनुसार सिरियाका लागि संयुक्त राष्ट्रसंघ र अरब लीगका संयुक्त विशेष दूत कोफी अन्नानले आफ्नो पद छाड्ने भएका छन् । सिरियामा भैरहेको हिंसा अन्त्यकालागि आफूले दिएका सुझाव सिरियाली शासक र राष्ट्रसंघ सुरक्षा परिषद दुबैले नमानेकोमा दुःखित अन्नानले यही अगस्तमा आफ्नो पदावधि सकिएपछि त्यसको नवीकरण नगर्ने प्रष्ट गरेका हुन् ।
सिरियामा बढ्दो सैन्यकरण र सुरक्षा परिषदमा सहमति नभएकाले आफू उक्त पदमा बस्नुको औचित्य नभएको अन्नानले बताएका छन् । सिरियाको राजधानी दमस्कसमा विद्रोहीविरुद्धको सरकारी कारवाही तीब्र भएकै समयमा अन्नानको यो भनाइ आएको हो ।
कोफी अन्नानले सिरियामा युद्ध रोकेर शान्ति स्थापना गर्नका लागि ६ सूत्रीय योजना तयार पारेका थिए । तर यो योजनाको सरकार र विद्रोही दुबै पक्षले इमान्दार पालना गरेका छैनन् । अन्नानले काम नगर्ने भएपछि उनको उत्तराधिकारी अरब लीगसमेतको सल्लाहमा चुनिने राष्ट्रसंघका महासचिव बान कि मुनले बताएका छन् ।
बानले अन्नानले गरेको कामको प्रशंसा गरेका छन् । सिरियाली शासक बशार अल असादको शासनविरुद्ध उत्रेका विद्रोहीलाई समर्थन गर्दै असादलाई पदच्यूत गर्न अन्तर्राष्ट्रिय हस्तक्षेप गर्ने वा नगर्ने भन्नेमा सुरक्षा परिषदमा ठूलो मतभेद छ ।
चीन र रसियाले त्यस्तो प्रस्तावको विरुद्धमा भीटो प्रयोग गरिरहेका छन् भने अमेरिकासहितका पश्चिमा देश हस्तक्षेपका पक्षमा छन् । जसका कारण सिरियामा भने गत वर्षको मे महिना यताको संघर्षमा २० हजारभन्दा बढी मानिस मारिइसकेका छन् ।