संयुक्त राष्ट्रसंघको साधारणसभाले सिरियाविरुद्ध पारित गरेको प्रस्तावप्रति रुस असन्तुष्टि

एजेन्सी, । रुसले संयुक्त राष्ट्रसंघको साधारणसभाले सिरियाविरुद्ध पारित गरेको प्रस्तावप्रति असन्तुष्टि जनाएको छ । राष्ट्रसंघीय प्रस्तावको विरोधगर्दै रुसले सिरियामा शान्ति बहालीगर्ने प्रयासलाई अवमुल्यन गरिएको आरोप समेत लगाएको छ ।


राष्ट्रसंघकालागि मस्कोका दूतले राष्ट्रसंघले एक पक्षीय प्रस्ताव पारित गरेर हतियारधारी विद्रोहीहरुलाई समर्थन गरेको प्रतिक्रिया दिएका छन् । १२ का विरुद्ध १ सय ३३ मतले पारित प्रस्तावप्रति पश्चिमा मुलुकहरुले भने खुशी ब्यक्त गरेका छन् ।


रुस ,चीन लगायतका १२ मुलुक भने प्रस्तावको विपक्षमा उभिएका थिए । प्रस्तावमा सुरक्षा परिषद् र सिरियाका राष्ट्रपति बशार अल असादको आलोचना गरिएको छ । राष्ट्रसंघ र अरब लीगका तर्फबाट सिरियाकालागि विशेष दूत रहेका कोफी अन्नानले पदबाट राजीनामा दिए लगत्तै बैठकमा साउदी अरबले सिरियाविरुद्ध प्रस्ताव पेश गरेको थियो ।


राष्ट्रसंघका पूर्व महासचिव अन्नानले आफ्नो ६ बुँदे शान्ति योजना लागुगर्न असफल भएपछि राजीनामा दिएका थिए । रुस र चीनले सिरियाको राजधानी दमस्कसमा नाकाबन्दी लगाउने सुरक्षा परिषद्को प्रयासमा पनि अवरोध पु