उपराष्ट्रपतिको सचिवालयमा छोरा सचिव, बुहारी उपसचिव र भतिजालाइ सहसचिवमा नियुक्त

उपराष्ट्रपति परमानन्द झाले छोरालाई सचिव, बुहारीलाई उपसचिव र सहसचिवमा भतिजालाई नियुक्त गर्नुभएको छ । 
उपराष्ट्रपति झाको स्वकीय सचिवालयमा सचिव, सहसचिव, उपसचिवसहित ६ जना रहने व्यवस्था रहेको छ । 
उनीहरुले नेपाल सरकारका कर्मचारी सरह तलब सुविधा पाउने गरेका छन् । उपराष्ट्रपतिले छोरा कृष्णचन्द्र झालाई सचिवमा नियुक्त गर्नुभएको हो । 
छोराको तलब ३१ हजार ८० रुपैयाँ, सुविधाको गाडि, इन्धन र सञ्चारसहित मसलन्द खर्च छ भने, भतिजा सहसचिवलाई २४ हजार सातसय ४० रुपैयाँ नगदसहित, सुविधाको इन्धन र सञ्चारसहित मसलन्द खर्च छ । 
त्यस्तै बुहारीको तलब २१ हजार ८० रहेको छ ।