नेकपा-माओवादीका नेत्रविक्रम चन्द विप्लवद्धारा टेबुलमा गरिएको कुराको सुनुवाई नभए बन्दुक उठ्न सक्ने चेतावनी

रुकुम । नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लवले टेबुलमा गरिएको कुराको सुनुवाई नभए बन्दुक उठ्न सक्ने चेतावनी दिनुभएको छ । पार्टी प्रशिक्षणका क्रममा रुकुम पुगेका उहाँले पत्रकारसँग बन्दुक उठाउनु रहर होइन भन्दै बन्दुक उठे अहिले सत्तामा बसेका दल र नेताका कारण उठ्ने दावी गर्नुभयो ।

अहिलेको राजनीतिक निकासका लागि गोलमेच सम्मेलन नै उत्तम विकल्प भएको उहाँको दावी थियो । आफूहरु अधिकारविहीन नेपाल होइन अधिकारसहितको नेपाल निर्माणका अभियानमा लागेको उहाँको भनाइ छ ।

 

– RSS