अर्घाखाँचीमा दुधको मुल्य बढयो

– वीरेन्द्र केसी

 

अर्घाखाँची – सदरमुकाममा दुधको मुल्य बढेको छ । जिल्ला पशुसेवा कार्यालयले सरकारी दररेट कायम गरेपछि साउन १६ गते देखि मुल्य बढेको हो । तीन वर्ष देखि किसानबाट प्रतिलिटर ३० रुपैयाँयामा खरिद गरेर डेरी उद्योगले ४० रुपैयाँमा बिक्री गर्दै आएका थिए । किसानले दिएको शुद्ध दुधमा डेरी उद्योग साचालकले पानी मिसाएर दिएको उजुरी आएपछि जिल्ला प्रशासनमा बसेको सर्वपक्षीय भेलाले सरकारी रेट कायम गरेर पानी मिसाएको भेटिए कारवाही गर्ने निर्णय गरेको छ ।


डेरी उद्योगहरुले किसानबाट खरिद गरेको दुधमा ५० प्रतिशत भन्दा बढी पानी मिसाएर एउटै डेरीमा मान्छे अनुसार फरक फरक खालको दुध बिक्री गरेको गुनासो उपभोक्ताले गरेका छन । किसानबाट गाईको दुध प्रतिलिटर ३० रुपैयाँमा खरिद गरेर डेरीले ४० देखी ४५ रुपैयाँमा बिुक्री गर्दै आएका थिए जसमा ३ प्रतिशत फयाक्ट हुनुपर्नेमा १ प्रतिशत भेटिएन पशु सेवा कार्यालय प्रमुख डा. गोपाल गिरीले भने मापढण्ड अनुसार बिक्री वितरण नगरे डेरी उद्योगलाई कारवाही गर्छौ ।

 

जिल्लामा खुलेको ६ वटा डेरीमा सबैले पानी मिसाएर उपभोक्तालाई गुणस्तरहीन दुध विक्री गरेपछि पशु सेवा कार्यालयले डेरी सन्चालन कृषक साचारकर्मी उद्योग वाणिज्य सघ उपभोक्ता मच लगायतका सरोकारवालाई प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा बोलाएर छलफल गराएको थियो । उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले एउटै डेरीमा ३ जना ग्रहाक जाँदा तीन थरी दुध दिएको बताए । उनले ठुला र आफु नजिककलाई राम्रो र नराम्रो दुध दिने गरेको बताए ।


किमडाँडा गाउँबाट ६ बटा डेरीमा दैनिक १५ सय लिटर जति जर्सी गाईको दुध आउने गर्छ ।


बैठकले दुध तथा दुग्ध पदार्थहरुमा गुणस्तरको आधारमा बिक्री वितरण गर्ने र डेरीले बिक्री गर्ने दुधमा घृतांश फयाक्ट ३ प्रतिशत र चिल्लो रहित ठोस पदार्थ न्युनतम ८ प्रतिशत नभएमा त्यस्ता डेरी उद्योगलाई कारवाही गरिने डा. गिरिले बताए । यस्तो दुध डेरीले प्रतिलिटर ४४ रुपैयाँ दही ७० र गुलियो दहीको मुल्य प्रतिलिटर ८० रुपैयाँ र पनिर ४ सय २५ रुपैयाँ दररेट लागु गराईएको छ । नियमअनुसार साचालन नगरे डेरी उद्योग नै साचालन गर्न नदिईने प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले बताए ।

 

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।