वर्षदेखि ओडारमै दिनरात बिताउँदै

सिद्धी ९चितवन०, श्रावण २२ शरीरमा कछाडबाहेक कुनै लुगा छैन । जाडो होस् वा गर्मी जहिल्यै सिद्धीका ८३ वर्षीय बन्दीपुरे चेपाङ कछाडको भरमा ५ वर्षदेखि ओडारमै दिनरात बिताउँदै आएका छन् । मकै फलाउन फँडानी गरेको खोरियाको कुनाको सानो ओडारलाई उनले आफ्नो बासस्थान बनाएका छन् । झरी पर्ने बेला निथु्रक्क रुझेर पनि उनी ओढारमै रहन्छन् ।

खोरियानजिकै नातिले गोठ बनाएका छन् । उनी भने ओडारमै हुन्छन् । ुघरमा बसौं साँघुरो छ,ु उनले भने, ुबाचुन्जेल यही ओडारमा बस्छु ।ु पैदल १ घन्टा दूरीको घरबाट सन्तानले खाना ल्याइदिए खान्छन् । नत्र भोकै बस्ने गरेको उनले बताए । बन्दीपुरेका २ छोरा, २ छोरी र श्रीमती छन् । काठले छाएकाले घर चुहिन्छ । शरीर ढाक्ने एकसरो कपडा गरिबीकै कारण उनले किन्न सकेका छैनन् । कम्मरमुनि सानो लगौटी लगाएर बसिरहन्छन् । ुभोकले अत्तालिएपछि माग्न जान्छु,ु उनले भने, ुमाग्न पनि नसकेका बेला कन्दमूल खोजेर खान्छु ।ु

अधिकांश समय ढुंगाको ओछ्यानमा सुतेर बिताउने उनले सुनाए । मागजोग गरेर ल्याएको अन्न उनी यही ओडारमा पकाएर खान्छन् । आफूलाई परिवारले समेत त्यति चासो नदिएको उनले बताए । उनी पानी परोस् वा घाम लागोस् यहीँ सुत्छन् । यतिबेला दिनहुँ झरी परिरहेको छ । झरीले चुटेपछि नातिले बनाएको गोठमा ओत लिन पुग्छन् । सानोतिनो पानी पर्दा ओडारमै बस्ने गरेको उनले सुनाए ।

ओडार आसपासमा बस्ती छैन । घर पुग्न एक घन्टा लाग्छ । ुगरिबीका कारण अघिदेखि नै सबै परिवार अट्ने घर बनाउन सकिनँ,ु उनले वेदना सुनाए, ुछोराछोरीलाई घर छाडेर ओडारमा बस्न आएको हुँ ।ु अब घर नजाने उनले बताए । कहिलेकाहीँ मागेर ल्याएको चुरोटका भरमा रात काट्ने गरेको उनी सुनाउँछन् । चुरोट मन पराउने हुँदा आकलझुकल गाउँमा आउने नयाँ पाहुनाले चुरोट दिँदा निकै खुसी लाग्ने उनी बताउँछन् ।