– कृष्ण खनाल
बुटवल – उच्च माध्यामिक विद्यालयमा भएका विकृति र विसंगतिलाई हटाएर गुणस्तरीय शिक्षा दिनुपर्ने शिक्षापे्रमीहरुले बताएका छन् ।
उच्चमाध्यमिक विद्यालयहरुमा विकृतिहरु भएको स्वीकार्दै ती विकृतिहरु हटाउनु सबैको साझा दायित्व भएको उनीहरुको भनाई छ ।
शिक्षा पत्रकार समूह अाचल समन्वय समिति लुम्बिनीले बुधबार बुटवलमा आयोजित छलफल कार्यक्रममा शिक्षण संस्था सन्चालन र शिक्षासंग जोडिएका शिक्षाप्रेमीहरुले यस्तो बताएका हुन् । सामुदायिक र निजी दुबै क्षेत्रबाट साचालित उच्च माध्यमिक विद्यालयहरुले शिक्षा प्रदान गरे पनि रुपन्देहीका केही उच्च माध्यमिक विद्यालयको भौतिक मापदण्ड पुरा नभएको बताउँदै उनीहरुलॆ उच्च माध्यमिक शिक्षा परिषद्को मापदण्ड अनुसार भवन खेल मैदानशौचालय खानेपानी लाईव्रेरीचमेनागृह प्रयोगशाला विषय शिक्षक हुनुपर्ने बताएका छन् ।
उनीहरुले मापदण्ड पुरा नगरी सन्चालन गरिएका उाचमाध्यमिक विद्यालयहरुले गुणस्तरीय शिक्षा दिन नसक्ने बताउँदै साचार माध्यमको माध्यमबाट समग्र शिक्षा क्षेत्रमा भएका सबै विसंगतिहरुलाई हटाएर उाच माध्यमिक विद्यालयहरुको सही ढंगले व्यवस्थापन गर्नुपर्ने बताए ।
उाचमाध्यमिक शिक्षा परिषद र स्वीकृतिबाट सन्चालन गरिए पनि उच्चमाध्यमिक विद्यालयहरुमा एकरुपता नभएकाले उच्चमाध्यमिक विद्यालयहरुलाई सुधार गरेर एकरुपता ल्याउनुपर्ने उनीहरुको भनाई छ ।
शिक्षाको नाममा रुपन्देहीका केही उच्चमाध्यमिक विद्यालयमा थोरै प्रतिशत विद्यार्थी उत्र्तिण भएपनि उत्तिण प्रतिशतलाई बढाउनुका साथै मिडियामा भड्किला खालका विज्ञापन दिएर विद्यार्थीलाई लोभ्याउन खोजिएको बताए ।
कार्यक्रमा बोल्दै हिसानका केन्द्रीय उपाध्यक्ष रमेश सिलवालले देशभरका उाच माध्यमिक विद्यालयहरुमा अस्वस्थ्य प्रतिष्पर्दा भएकाले त्यस्तो अस्वस्थ्य प्रतिष्पर्दाले गुणस्तरीय शिक्षा दिन नसकिने बताउनुभयो ।
उहाँले निजी क्षेत्रबाट साचालित उाच माध्यमिक विद्यालयहरुको सही ढंगले व्यवस्थापन गर्नुपर्ने र सामुदायिक अथवा सरकारी लगानीबाट साचालित उच्च माध्यामिक विद्यालयहरुको स्तरवृद्धि गर्न जरुरी रहेको बताउँदै मापदण्ड पुरा गरेर साचालन गरिनुपर्ने बताउनुभयो ।
विदेशीको नामसंग जोडिएका उाच माध्यामिक विद्यालयहरुलाई तोडफोड गर्न नहुने उहाँको तर्क छ । उच्चमाध्यमिक शिक्षा परिषद्का सदस्य तथा अनुगमन समितिका सदस्य घनश्याम पाठकले मापदण्ड बिपरित चलाईएका उच्च माध्यामिक विद्यालयहरुलाई कारवाही नगरी चेतावनी दिएर सुधार गनुपर्ने बताउनुभयो ।
जिल्लाका केही उच्चमाध्यमिक विद्यालयले मनोमानी ढंगले शुल्क उठाउने गरेको र उच्च माध्यमिक विद्यालयलाई कलेजको रुपमा चिनाइएको जानकारी गराउँदै यस्तो कार्य कानुन विपरित भएको उहाँले बताउनुभयो ।
शिक्षा पत्रकार समूहका केन्द्रीय अध्यक्ष प्रकाश सिलवालले उच्चमाविहरुमा भएको विसंगतिलाई हटाउनुको विकल्प नभएको बताउनुभयो ।
प्याब्सन रुपन्देही अध्यक्ष कृष्ण खनालले कक्षा १२ सम्मलाई स्कुलको रुपमा चिनाउनुपर्ने बताउनुपर्ने बताउँदै शिक्षक र कर्मचारीहरुलाई पूर्णरुपमा सेवा सुविधा दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा राससका पूर्व अध्यक्ष वालकृष्ण चापागाईं पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दीपक ज्ञवाली उच्चमाध्यमिक शिक्षा परिषद् बुटवलका प्रमुख सुवास पन्त प्राध्यापक आर.सी चापागाई पत्रकार शेरबहादुर के।सीएन प्याब्सन रुपन्देही अध्यक्ष बालकृष्ण तिवारीअभिभावक संघका अध्यक्ष लोकनाथ ज्ञवालीलगायतले उच्च माध्यमिक विद्यालयलाई सुधार गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
शिक्षा पत्रकार समूह अाचल समन्वय समितिका संयोजक मनोज पौडेलको अध्यक्षता र कृष्ण मल्लको साचालनमा उक्त कार्यक्रम समपन्न भएको थियो ।