आज १८ औं विश्व आदिवासी जनजाति दिवस, जनजाति समुहद्धारा नयाँ पार्टी घोष

आज १८ औं विश्व आदिवासी जनजाति दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदै छ । यसै अवसर पारेर आदिवासी जनजातिका अगुवाहरुले आजै नयाँ राजनीतिक पार्टी घोषणा गर्ने भएका छन् ।

 

राजधानीमा आज हुने घोषणा सभामा जनजाति अगुवाहरुले जनजातिको पार्टीको घोषणा पत्र सार्वजनिक गरिदैछ ।

 

पार्टी निर्माण अभियानमा सक्रिय चैतन्य सुब्बाले सामाजिक लोकतान्त्रिक बहुल पार्टी जातीय, वर्गीय, लिंगीय र क्षेत्रीय मुद्दालाई सम्बोधन गर्ने हुने बताएका छन् ।

 

पार्टी गठनका लागि अभियान चलाइने र त्यसबाट नेता तथा कार्यकर्ताको छनौट गरिने उनको भनाइ छ । नयां पार्टी घोषणाबारे जनजाति नेताहरुबीच विवाद भने बढेको छ ।

 

एमालेका असन्तुष्ट केही नेताहरु तत्कालै नयां पार्टी नबनाउने पक्षमा भए पनि केही जनजाति अगुवाले पार्टी घोषणामा जोड दिएका हुन् ।