म आफ्नो जज्वात को बयान गर्न सक्दैन
किनकी उनिहरु यसलाई तर्क दिएर अमान्य गराइ दिन्छन |
म आफ्नो इच्छा बाट कुनै कार्य गर्न सक्दैन
किनकी उनिहरुको इच्छा सर्वोपरी छ |
म खुलेर आफ्नो मनको कुरा भन्न सक्दैन
किनकी उनिहरु संग फिजुल कुरा सुन्ने समय छैन |
मलाई उनिहरुको ईशारा बुझेर काम गर्नु पर्छ
न चाहदा न चाहदै मलाई हाँस्नु पर्छ
उनिहरुको लागि राम्रो न राम्रो कामको
खुब तारिफ गर्नु पर्छ |
उनिहरुको देखावटी दु:ख मा
मलाई आसुँ बगाउनु पर्छ
उनिहरुको उदासी मा उदासी हुनुपर्छ
उनिहरुको रिस मा दयनीय भएर सहनु पर्छ |
मेरो आफ्नो कुनै इच्छा छैन
मेरो कुनै सपना छैन
म चुपचाप बस्छु
म केही भन्दैन
मात्र केबल सबै सुन्छु |