भारतिय योग गुरु रामदेवले भ्रष्टाचारको विरोधमा तीनदिने भोक हडताल थाल्नु भएको छ । उहांले नयाँ दिल्लीस्थित रामलिला मैदानमा हिजोदेखि भोक हडताल थाल्नुभएको हो । भोक हडताल शुरु गर्दा उहांका हजारौं अनुयायीले राष्ट्रवादी नारा लगाएका थिए ।
उनले विदेशी बैंकमा जम्मा गरिएको करौडौ डलर भारत फिर्ता ल्याउन सरकार माथि दबाब दिन भोक हडताल गरेको बताए । उनले तीन दिनभित्र सरकारले यसबारे कुनै चासो नदिए अर्को चरणको आन्दोलन थालिने चेतावानी दिए ।
अन्ना हजारेको भोक हडताल टुँगिएको साता नवित्दै रामदेवले भ्रष्टाचार विरोधी अभियान गत वर्षझै सर्वसाधारणको व्यापक सहभागिता नभए पछि अन्नाले अभियान त्यागेका थिए । अन्नाले भोक हड्तालको साटो राजनीतिक दल खोल्नु उपयुक्त हुने बताएका थिए ।
छिमेकी राज्यबाट ओइरिएका समर्थकका कारण रामलिला मैदान वरिपरि हिजो ट्राफिक अस्तव्यस्त भएको थियो । भ्रष्टाचारको विरोधमा उत्रेका रामदेवको समर्थनमा करिब २० हजार मानिस भेला भएका थिए ।