तरकारी र दुध बेचेर शहरमा घर घडेरी


 

– वीरेन्द्र केसी

 
अर्घाखाँची – गाउँका भिराला पाखो बारीमा तरकारी खेतीबाट गाउँलेले शहरमा घर घडेरी जुटाएका छन । अन्न उत्पादन गरेर ६ महिनालाई खान नपुग्ने पाखो बारीमा मौसमी तथा बेमौसी तरकारी खेतीले मनग्य आम्दानी भएपछि मागेर खाने गाउँले अहिले लखपति भएका छन ।

 

किमडाँडा गाउँका अधिकाश गाउँलेले तरकारीबाटै सदरमुकाम काठमाडौ र बुटवलमा घर र घडेरी जोडन सफल भएका छन । अन्न उब्जनी हुने भिराला बारीमा बाह्रैमास तरकारी खेतीबाट वर्षमा १ देखि ५ लाख रुपैयाँसम्म आम्दानी लिने गरेको अगुवा कृषक पुष्करनाथ बाजाडेले बताए । दस वर्ष अघि शुरुमा एक दुई जनाले व्यावसायिक तरकारी खेतीको शुरुवात गरेपछि अहिले गाउँमा ७० प्रतिशतले तरकारी खेती गरेका छन । ३ सय ५० घरपरिवार व्यावसायतिर आबद्ध छन । तरकारी खेतीबाट किमडाँडामा मात्रै झण्डै १ करोड र दुधबाट डेढ करोड जति भित्रिने गरेको  बाजाडेले बताए । अगुवा कृषक गणेश बाजाडेले सन्धिखर्कमा तीन तले घर बनाएका छन भने काठमाडौमा पनि घडेरी किनेका छन । त्यस्तै कमल बाजाडेले पनि तरकरी र दुध बचेर काठमाडौमा घर किनेका छन । पुष्करनाथले पनि सन्धिखर्कमा तीन तले घर बनाईरहेका छन । गाउँलेले गाई र तरकारीको छुटाछुटै समुह बनाएर सामुहिक रुपमा दुवैलाई अगाडी बढाएका छन ।


दस वर्ष देखि व्याबसायिक तरकारी खेती शुरु भएको गाउँमा तीन वर्षयता तरकारी खेतीलाई विस्तारै छाडदै गएका छन । तरकारीबाट भन्दा जर्सी गाईको दुधबाट बढी आम्दानी भएपछि तरकारी छाडेर गाईपालनमा लाग्न शुरु गरेको लक्ष्मी गाईपालन समुहका अध्यक्ष धर्मराज बाजाडेले बताए ।  कोही जान मान्दैनन् ।  यस वर्ष मलेसिया कतार दुवै जान छाडेर १० युवाहरु कृषिमा लागेका छन । जिल्ला कृषि विकास कार्यालय प्रमुख यामनारायण देवकोटाले किमडाँडाका किसनाले तरकारी खेतीबाट जिल्लालाई नै चिनाएको बताए । किमडाँडा गाउँमै सबैभन्दा धेरै १० वटा जर्सी गाई पालेकी उनले सरकारले कृषि क्षेत्रलाई उपेक्षा गर्दा रोजगार खोज्दै युवाहरु विदेमा भौतारिनु परेका गुनासो पोखिन ।

 

घरमा खान नपुगेर रोजगार खोज्दै हिडनेहरु तरकारी र दुध बेचेर शहरमा किनेका घर घडेरीको तुलना गर्ने हो भने ५० लाख रुपैयाँ भन्दा बढीका घर मालिक भैसकेका छन । लामो समयसम्म तरकारी खेतीमा आवद्ध कृषहरुले विस्तारै पेशा परिवतर्न गर्दैछन । जिल्ला पशुसेवा कार्यालय र लुम्बिनी सामाजिक विकास केन्द्रको सहयोगमा गाई ल्याईदिएर सहयोग गरेपछि यतातिर लागेका हुन । पशु सेवा कार्यालयका प्रमुख डा। गोपाल गिरीका अनुसार सदरमुकामका साचालित चार वटा डेरीमा दैनिक १२ सय लिटर दुध आउने गर्छ । छोटो समयको सामान्य सहयोगबाट कृषकले ३ वर्षमा ठुलै फडको मारे उनले भने निरन्तर प्राविधिक कृतिम गर्भाधान लगायत सहयोग गरिरहेका छौ ।

 

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।