अर्घाखाँचीमा विओकेले कृषकका लागी लगानी गर्ने

-गणेश खनाल

 

अर्घाखाँची साउन २६ गते । बैंक अफ काठमाण्डौले किसानका लागी लगानी गर्ने भएको छ । अर्घाखाँचीमा शुक्रवार एक कार्यक्रमको आयोजना गरि कृर्षी उप्पादन क्षेत्रमा लागेका कृषकहरुलाई लगानी गर्ने बैङ्गले जनाएको छ ।

 


 

बैङ्गका कार्यकारी अधिकृत अजय श्रेष्ठले किसानका लागी बैङ्ग अफ काठमाण्डौले अर्घाखाँची सहित १२ स्थानबाट शुक्रवार बाटै कारोवार सुरु गरेको बताउनुभयो । किसानको बचत गर्ने बानीको विकासहोस भनेर आफुहरुले सो योजना ल्याएको श्रेष्ठको भनाई छ ।


योजना अन्तर्गत कृर्षी क्षेत्रमा लगानी गरि उप्पादन गर्ने पस्ताव सहित बैङ्गमा कृर्षकहरु आए दश हजार देखी दुई लाख सम्म १२ प्रतिसत व्याजका दरले २ वर्षमा तिर्ने गरि ऋण दिईने बैङ्ग अफ काठमाण्डौ अर्घाखाँचीका शाखाका प्रवन्धक मदन गौतमले जानाकारी दिनुभयो ।

 



विओके बचत अन्तगर्त किसानहरुका लागी ७ प्रतिसत सम्म व्याज दर दिईने पनि सो अवसरमा जानाकारी गराईएको थियो । किसानको लगानीका अतिरित्त बैदेशिक रोजगारमा जानेहरुका लागी विशेश योजना बैङ्गले ल्याएको जनाएको छ ।


विशेश योजना अन्तर्गत विदेशमा रहेका आफन्तले कृर्षी क्षेत्रमा लगानी गर्न ईच्छुक भए ५० हजार देखी २ लाख सम्म १३ प्रतिसत व्याजको दरमा लगानी गर्ने विओकेले जनाएको छ । त्यसको लागी बैदेशिक रोजगारमा रहेको व्यक्तिले बचत खाता खोल्नु अनिवार्य रहेको छ । खाता खोले वापत बैङ्गले दुर्घटना अशक्त विमा निशुल्क रुपमा विदेशमा रहेका व्यक्तिको गर्ने जनाएको छ । बैङ्ग अफ काठमाण्डौले अर्घाखाँचीमा २०६८ बैशाख ९ गतेबाट कारोवार सुरु गरेको हो ।

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।