अर्घाखाँची सम्पर्क समिति यूएईको दुबइ क्षेत्रिय समिति गठन

– उमाकान्त पाण्डे गाउंले 



काठमाण्डौ , सम्युत्त अरब एमिरेट्स यूएईमा कार्यरत अर्घाखाँचीका युवाहरुको साझा चौतारी अर्घाखाँची सम्पर्क समिति यूएईको दुबइ क्षेत्रिय समिति गठन भएको छ । 

 


 

अर्घाखाँची बाट यूएईमा आइ बिभिन्न पेशामा आबद्द अर्घेलीहरुको दुबइमा सम्पन्न भेलाले दुबइ क्षेत्रिय समिति गठन गरेको हो । गठित समितिको अध्यक्षमा बाबुराम पौडेल-जुकेना ६ अर्घाखाँची, लाई सर्वसहमतीमा चयन गरिएको छ । समितिको उपाध्यक्षमा : अरुन कुमार सन्धिखर्क २, सचिव मनोज जिसी नुवाकोट ४ , सह-सचिव गणेश श्रेष्ठ सन्धिखर्क २ , कोषाध्यक्ष यमकला आचार्य जुकेना ९ , रहेका छन । 

 


 

साथै समितिका सदस्यहरुमा शम्भु केसी वाङ्ला ४ , रामु गैरे नुवाकोट ४ चिउरामाटे , सन्तोष घिमिरे सितापुर ७, राम प्रशाद गैरे जुकेना ७, दामोदर गैरे नुवाकोट ४ चिउरामाटे, कृष्ण बिके ढिकुरा ९ , हेम बहादुर बिके हटारीनेटा र जगनाथ गैरे अर्घाखाँची रहेका छन । 



नवगठित समितिका सम्पूर्ण पधाधिकारीलाई समितिका केन्द्रिय अध्यक्ष राजु खड्काले शुभकामना मन्तब्य राखेका थिए । मन्तब्य दिदै अर्घाखाँचीलाई देश बिदेशमा चिनाउन  “Join Hands Grow Together” भन्ने नारा लाई आत्म साथ गरी एक जुट भएर सामाजिक कार्यमा लाग्न अनुरोध गरेका थिए । 

 


 

केन्द्रिय अध्यक्ष राजु खड्काको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय समितिका पदाधिकारीहरु उपाध्यक्ष धुर्ब केसी , सचिव चिरन केसी , सल्लाहकार तथा अर्घाखाँची सामुहिक बचत कोष यूएईका अध्यक्ष रवीलाल खनाल, सस्दयहरु अर्जुन खड्का , बुद्दिराम आचार्य , बिष्णु आचार्य लगायत ६० जना बढी उल्लेख्य अर्घेलीहरुको उपस्थिती रहेको थियो ।



कार्यक्रममा केही दिन अघी धादिङको कमेरे स्थिती महेश खोलामा भएको बस दुर्घटनामा परी आफ्नो गृह जिल्ला अर्घाखाँची खाचिकोट घर भई हाल यूएईमा कार्यरत शुशिला थापा र उनकी सासुको मृत्‍यु भएको घटना प्रती अर्घाखाँची संपर्क समितिले शोक प्रकट गरेको थियो।

 

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।