विगत १३ दिनदेखि वन्द रहेको कास्की पोखराको मणिपाल अस्पताल शनिवारवाट खुलेको छ । अस्पताल प्रशासन र आन्दोलनरत चिकित्सकवीच शुक्रवार भएको तीन बुँदे सहमतिपछि १३ दिनदेखि बन्द रहेको अस्पतालको सबै सेवा सुचारु भएको हो ।
चिकित्सकहरुको १५ प्रतिशत तलव बृद्धि गर्न अस्पताल प्रशासन सहमत भएपछि अस्पतालका नियमित सेवा सुचारु भएका हुन् । वार्तामा प्रमुख जिल्ला अधिकारी, प्रमुख तीन राजनैतिक दलका प्रमुख लगायतका सहभागी थिए ।
दुवै पक्षको सन्तुष्ट हुनेगरी तलव र भत्तामा समेत समायोजन गरिएको अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी संघका अध्यक्ष डा कृष्ण कोइरालाले जानकारी दिनुभयो । पहिले २४ प्रतिशत न्युनतम तलव र ७६ प्रतिशत भत्ता रहेकोमा अहिले ४० प्रतिशत तलव र ६० प्रतिशत भत्ता कायम गर्न सहमति भएको हो ।