उर्लाबारी – उर्लाबारी गजल मंचको शनिवार सम्पन्न चौथो साधरण सभाले सावित्रा याक्खाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
गजल माचको उपाध्यक्षमा युवराज काफ्ले इवन सचिव माजु आचार्य सहसचिव सहिदनेपालीनयन र कोषाध्यक्षमा रिना प्रधान रहनुभएको छ ।
यस्तै सदस्यहरुमा बविता घिमिरे ममता घिमिरे यज्ञ परिश्रमी नवराज निरौला नविना बस्नेत र तेजन खड्का रहनुभएको छ । सल्लाकार सदस्यहरुमा केशब राई मिश्र बैजयन्ती जयधर्म अचार्य र महेन्द्रजंग तामाङ लगायत रहनुभएको छ ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष साबित्रा याक्खाले बार्षिक कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । नवनिर्वाचित अध्यक्षद्धारा प्रस्तुत कार्यक्रम योजनामा मासिक साहित्यक कार्यक्रमलाई निरन्तरता दिने संस्थाको आर्थिक स्रोतको पहिचान गर्ने साधरण सदस्यहरुको संख्या बिस्तार गर्ने गजल माचले प्रकाशन गर्दै आएको प्रकाशन बन्द भएको ुसम्बन्धु द्वैमासिक पत्रिका पुन प्रकाशन गर्ने पुस्तक प्रकाशन गर्ने लगायतका कार्यक्रम छन् ।
कार्यक्रममा कृष्णउदाशी को सभापतित्व र मिश्र बैजयन्तीको प्रमुख आतिथ्य रहेको थियो ।