वासिंगटनमा अनलाईन मार्फत् एक रंगिन टेलिभिजनको अर्डर गर्दा अटोमेटिक बन्दुक फेला

वासिंगटनका एक व्यक्तिले अनलाईन मार्फत् एक रंगिन टेलिभिजनको अर्डर गरेका थिए ।  ती व्यक्ति त्यतिखेर चकित भए, जतिखेर उनले आफूले मगाएको टिभीवाला पार्सल खोले । पार्सलमा टिभीको ठाउँमा उच्च क्षमताको अटोमेटिक राईफल भेटियो ।


अमेरिकाको राजधानीबाट पूर्वी शहरमा रहने सेथ होरवित्ज नामक व्यक्तिले मगाएको रंगिन टेलिभिजनको स्थानमा पार्सलमा बन्द गरिएको अवस्थामा उच्चक्षमताको एसआईजी सोएर एसआईजी ७१६ अटोमेटिक बन्दुक फेला परेको हो । त्यसपछि उनले तुरुन्तै स्थानीय प्रहरीलाई खबर गरका थिए ।


घटना पश्चात प्रहरीले अनुसन्धान सुरु गरेको छ । होरवित्जले पहिला त आफू उक्त राईफल देखेर चकित भएको र पछि प्रहरीलाई खबर गरेको प्रतिक्रिया दिएका छन् । उक्त घटनालाई लिएर प्रहरी समेत अचम्ममा परेको छ ।


हालै केही दिन पहिले अमेरिकाको मन्दिरमा बन्दुकधारीले गरेको हमलामा ७ व्यक्तिको ज्यान गएको थियो । प्रहरीले राईफल भेटिएको घटनाको सम्बन्ध उक्त हमलासँग जोडिएको हुन सक्ने शंकागर्दै अनुसन्धान गरिरहेको जनाइएको छ ।

 

– एजेन्सी,