ईरानमा २५० जनाको मृत्‍यु हुने गरी गएको दुईवटा शक्तिशाली भुकम्प प्रभावित क्षेत्रहरुमा खोजी कार्य जारी


 

ईरानमा आएको दुईवटा शक्तिशाली भूकम्पमा परी कम्तिमा २ सय ५० जनाको मृत्यु भएको छ भने २ हजार भन्दा धेरै घाईते भएका छन् ।

 

साथै थाहा भए अनुसार भुकम्प प्रभावित क्षेत्रहरुमा खोजीकार्य तिब्र पारीएको छ।

 

ईरानको उत्तर पश्चिमी क्षेत्रका शहरहरु ताब्रिज र अहारमा आएका भूकम्पमा परी मृत्यु हुनेहरु अधिकांश ग्रामिण ईलाकाका वासिन्दा छन् ।

अमेरीकी भूगर्भ सेवाका अनुसार ६ दशमलव ४ रेक्टरस्केल मापन गरिएको पहिलो भूकम्प आएको केहीबेरमै ६ दशमलव ३ रेक्टरस्केलको दोस्रो झट्का महशुश गरिएको थियो ।


Raw Video: Earthquake kills at least 87 in Iran


ईरानी अधिकारीहरुका अनुसार भूकम्पबाट ४ वटा गाउँ पूर्ण रुपले ध्वस्त भएका छन् भने अरु ६० गाउँ ५० देखि ७० प्रतिशतसम्म ध्वस्त भएका छन् । भूकम्पले पूर्वी अजरबैजानका दुईवटा प्रान्तमा समेत असर पु