मुम्बई । भारतको मुम्बईमा मुश्लिम समुदायले गरेको प्रदर्शनका क्रममा सुरक्षाकर्मीसँग झडप हुँदा दुई जनाको मृत्यु भएपछि मुम्बईभर उच्च सतर्कता अपनाइएको छ । सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । हिजो भएको घटनामा अरु थुप्रै घाइते भएका छन् ।
आसाममा हालै भएको धार्मिक दंगाको बिरोधमा मुम्बईमा मुश्लिम समुदायले गरेको विरोध प्रदर्शनका क्रममा दुई पक्षबीच झडप भएको हो । हजारौं मुश्लिम सहभागि रहेको प्रदर्शनमा प्रदर्शनकारीले सवारीसाधन तोडफोड गर्नुका साथै सरकारी गाडीमा आगजनीसमेत गरेका थिए ।
स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले अश्रुग्याँस प्रहार गर्नुका साथै लाठी चार्ज गर्नुपरेको थियो । स्थिति नियन्त्रण बाहिर गएपछि सुरक्षाकर्मीले गोली प्रहार गरेको थियो ।