धेरै भयो जन्मभुमी मैले न’टेकेको आज
आफन्तहरुको मैले मुख न’देखेको आज
कस्तो होला नि मेरो घर-गाउँको खबरहरु?
धेरै भैसक्यो संदेश-पत्र न’भेटेको आज
…
बिदेसमा पसिना पुछ्दै व्यस्त हुन्छु
धेरै भयो मैले पनि चिठ्ठी-पत्र न’लेखेको आज
सँगै हुँदा रमाउँदै मनाईन्थ्यो चाड-पर्वहरु
त्यो रमाइलो गर्ने धोका धेरै भो न’मेटेको आज
परिवार सँगै हुँदा न्यानो लाग्थ्यो यो मन
एक्लो हुँदा रुन्छ मन धेरै भयो न’सकेको आज