अर्घाखाँचीमा लिमी पार्कोटा भैसी संरक्षण अभियान

– वीरेन्द्र केसी

 


अर्घाखाँची – मध्य पहाडी भेगमा मात्र पाईने लिमी पार्कोटा जातको भैसी विस्थापित हुन लागेको भन्दै संरक्षण अभियान संचालन गरिएको छ ।

 



जिल्ला पशु सेवा कार्यालयको सहयोगमा दुई वर्षयता गाउँलेले अभियान नै चलाएर संरक्षण गरेका छन । परम्परागत रुपमा पालिदै आएको लिमी पार्कोटा लोकल काठे भैसी लोप हुनबाट जोगाउन घरैपिच्छे सचेतना अभियान संचालन गरेका छौं, जिल्ला पशु सेवा कार्यालयका प्रमखु डा. गोपाल गिरीले भने पाल्न निकै सजिलो दुध पोषिलो र प्राय रोग नलाग्ने भैसी संरक्षण गर्नु आवश्यक छ । शिशु बच्चहरुको लागि यो भैसीको दुध सबैभन्दा उत्तम रहेको छ ।


गाउँमा मुर्रा भैसी भित्रिदै गएपछि उक्त जातको भैसी लोप हुदै जान थालेको छ । दुई वर्षयता कृषकको घरगोठमै पुगेर संरक्षण गर्न सिकाएपछि लिमी पार्कोटा भैसीपालनको वृद्धि भएको उनले बताए । संरक्षण नगरिए ईतिहाँसमा सीमित हुने संभावना देखियो; गिरीले भने जैविक विविधतालाई जोगाई राख्नुपर्छ । पशु कार्यालयका डाक्टर र प्राविधिकहरु कृषकको घरगोठमा पुगेर सचेतना अभिवृद्धि गरेपछि गाउँलेले समेत भैसी संरक्षण गरेका छन । भैसी जोगाउनुपर्छ भन्ने थाहा थिएन लिमी पार्कोटा भैसी संरक्षण समुहका अध्यक्ष ज्ञान प्रसाद पाण्डेले भने अहिले सबै यतातिर आर्कर्षित छन ।

 


 


ठुलापोखरा गाविस लिमी पार्कोटा भैसी संरक्षण केन्द्र बन्दैछ । परम्पराबाट आधुनिकतातर्फ जादैछौ उनले भने समुहमा आबद्ध १ सय ५ जना कृषकले २ सय ५० भन्दा बढी भैसी संरक्षण गरेर पालेका छन सचेतना नभएको भए अहिले सायद लोप भैसक्थेहोला । पशु सेवा कार्यालयले निरन्तर रेखदेख प्राविधिक सहयोग औषधि उपचारमा ध्यान दिईरहेको छ । पहिला १ लिटर दुध दिने भैसीले अहिले ६ लिटरसम्म दिन थालेका छन; समुहका सचिव हुमलाल पौडेलले भने गाउँमा उत्साह छ भदौबाट यहाँ दुध संकलन केन्द्र स्थापना गरेर तम्घास र सन्धिखर्क दुध पठाउने तयारीमा जुटिरहेका छौ यहाँबाट दैनिक ५ सय लिटर दुध जम्मा हुन सक्ने विश्वास छ ।


यो वर्षमा समुहका ३० जनाले भैसीको भकारो सुधार बस्ने ठाउँ को लागि जिल्ला पशु सेवा कार्यालयको तर्फबाट ३० जनालाई ७ हजार रुपैयाँ दिएको छ । सचेतनापछि भैसीले दुध दिँदासम्म दुध खाने दिन छाडदाको अर्को दिन मासुका लागि बिक्री गर्दा भैसीको अभाव घटदै गएको छ; समुहका सदस्य ठाकुर पोखरेलले भने धैरै दुध दिने मुर्रा भैसी कसैले पाल्दैनन अहिले यीनै भैसी पाल्न थालेका छन ।


 

भैसीको मुल्य ५० हजार


पशु पाल्ने जनशक्तिको अभाव बढदै गएपछि भैसीको मुल्य बढदै जाँदा एउटा दुहुनो भैसीको मुल्य ५० हजार रुपैयाँसम्म पुगेको छ । गाउँमा दुहुना भैसी अभावमा महंगो भएको कृषकको भनाई छ । कृषक श्याम पाण्डेका अनुसार तीन चार लिटर दुध दिने लिमी पार्कोटा र मुर्रा भैसी गाउँमा महगिदै गएका छन ।

 


वैदेशिक रोजगारले गाउँका पुरुषहरु विदेशिएको र उनका श्रीमती र परिवारहरु शहरमा बस्ने भएकाले पशुपाल्ने जनशक्ति छैन; उनले भने पहिला पहिला पाँच, छ वटा दुहुना भैसी पाल्नेहरुले अहिले बल्लतल्त एउटा मात्र पाल्ने गरेका छन । खासगरी घाँ काटन भैसीको स्यार सुसार गर्ने अप्ठयारो परेकाले पशुपालनमा कमी आएको र पैसा पनि महगो परेको बताए । तनी वर्ष अघि २५, ३० हजार रुपैयाँमा पाईने भैसीको मुल्य चर्केको हो । गत वर्ष भन्दा अहिले १० हजार रुपैयाँले महगिएको उनले बताए । जिल्लाका सबै गाउँमा भैसीको मुल्य यहि रहेको पशु सेवा कार्यालयले जनाएको छ ।

 

तस्करी बढदो


पशुपालनमा कमीसँगै दुहुना भैसी समेत मासुका लागि खरिद बिक्री बढदो छ । दुध दिन छाडदै गर्दा बकेर्ना भएपछि मासुका लागि बिक्री गर्नेक्रम रोकिएको छैन । सन्खिखर्कबाट रातारात ट्रकमा राखेर त्यसा भैसी बुटवल र काठमाडौ लैजाने गरिएको छ । सन्धिखर्कमा ३ स्थानमा पाडा काटिए पनि लुकँएर भैसीको मासु काटने गरेको स्रोतले बताएको छ ।


भैसी पाडा खरिद गर्नेहरुले साना पाडासँगै पाडीहरु र भैसी २५ हजार रुपैयाँसम्मा खरिद गरेर लैजाने गाउँलेको भनाई छ । भैसी बिक्री वितरणमा प्रशासनले रोक लगाएपनि रातको समयमा जिल्लाबाट बाहिरने गरेका छन ।

 

 





Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।