नेपाली तिर्थयात्री चढेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । ३२ जना घाईते भएका छन् । तिर्थयात्रु बोकेको बस भारत विहारको सीतामढी नजिक सुरसण्डमा दुर्घटना भएको हो ।
भारतको झारखण्डमा रहेको बाबाधाम तिर्थ स्थलमा जल चढाएर फर्किदै गरेको एक यात्रुबाहक बस भारतको सितामाढी जिल्ला अन्तर्गत सुरसण्ड थाना क्षेत्रको १०४ सडकखण्डमा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा परी दुई महिला तथा पाँच पुरुषको घटनास्थलमै ज्यान गएको हो ।
गत एक साता अगाडी धनुषाको सबैलाबाट भारतको बैद्यनाथ धाममा तिर्थयात्री लिएर गएको ज १ ख ६७८ नम्बरको बस तिर्थयात्री लिएर फर्किदै गर्दा सुरसण्डमा पुल पार गर्न लाग्दा नदीमा खसेको हो ।
भर्खरै बनेको सो पुल सुचारु नएकोले चालकले बस पुल पार गराउदा अगाडी बाटो बन्द देखेपछि पछाडी फर्काउन खोज्ने क्रममा बस असन्तुलित भएर तल नदीमा खसेको हो । दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन ।
दुर्घटनामा परी मृत्युहुनेहरुमा २२ वषिर्य अरुण यादव, मनोज राय, प्रेमशिला देवी, बिल्टुन देवी, बसीन्द्र यादव, धर्मनाथ यादव, रामदयाल यादव रहेका छन । घाइते मध्ये २३ जनाको उपचार भारतको सितामढी जिल्ला अस्पतालमा भइरहेको छ भने १३ जनाको महोतरीको जलेश्वर जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेहरु सोमारीदेवी, राधेश्याम राय, सुवास राय, शिवशक्ति देवी, उमर देवी, फगुनी देवी लगायतकाहरुको भारतमा उपचार भइरहेको छ भने राजवति देवी, लक्ष्मेश्वर साह, गौरी देवी राय, पारो देवी मण्डल, प्रमिला देवी, सुमन कुमारी तथा रामकुमारी लगायतका घाइतेहरुकोे उपचार जिल्ला अस्पताल जलेश्वर महोतरीमा भइरहेको प्रहरी उपरिक्षक सुरज केसीले अर्घाखाँची डट्कम् लाई बताए ।
तिर्थयात्री बोकेको बस दुर्घटनाग्रस्त भएको खबर आउनासाथ भारतीय प्रहरी तथा स्थानियहरु उद्धारमा जुटेका थिए ।
यसैबिच
धादिङमा पनि बस पल्टियो ७ घाइते, ३ को अवस्था गम्भिर
पृथ्वीराजमार्ग अन्तर्गत धादिङको पिडा गाविस-२ घाटबेंसीमा आज बिहान यात्रुवाहक बस दुर्घटनामा परी सातजना घाइते भएका छन् । बर्दिवासबाट काठमाडौँ आउँदै गरेको ना ३ ख १९८९ नम्बरको बस अनियन्त्रित भई सडकको कुनामा पल्टिएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइते भएकामध्ये धनुषाकी शान्ति पौडेल, महोत्तरीकी फूलकुमारी लामा र महोत्तरीकै लक्ष्मी विकको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।