– वीरेन्द्र केसी
अर्घाखाँची – कृषकलाई उत्पादन मुलक क्षेत्रमा सहयोग पुर् याउनको लागि बैक अफ काठमाण्डूले दुई वर्षे किसान बैकिङ्ग सेवा योजना संचालन गरेको छ । तत्काल आयमुलक क्षेत्रमा लागनी गरि आम्दानी लिन सक्ने खालका काममा बैंकले सहुलीयत दरमा ऋण प्रदान गरी कृषकको जीवस्तर उकास्न टेवा पुर् याउने उद्देश्यले दुई वर्षे योजना संचालन गरिएको बैकले जनाएको छ ।
बैंकको सन्धिखर्क शाखामा करिब १ सय भन्दा कृषकलाई भेला गराई बैंकका प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठले योजनाको उदघाटन गरे । व्यावसायिक रुपमा कृषि उत्पादन क्षेत्रमा लागेका किसानहरुलाई आफनो व्याबसायलाई थप विस्तार गर्न सहयोग होस भनेर बैंकले दुई वर्षे योजना ल्याएको उनले बताए । उत्पादन मुलक कृषि क्षेत्रमा लगानी गर्न प्रस्ताव सहित माग गर्न आएमा १० हजार देखी २ लाख रुपैयाँसम्म १२ प्रतिशत ब्याजमा ऋण दिईने छ जसमा दुई वर्षमा चार किस्ता गरेर चुक्ता गर्नुपर्ने छ । विओके बचत अन्तरगत किृसानका लागि ७ प्रतिशत ब्याज दिईने पनि श्रेष्ठ बताए । उत्पादनमुलक खेती गर्न खोजेका तर लगानी नभएर रोकिएका किसानको लागि ठुलो अवसर भएको सन्धिखर्क शाखा प्रवन्धक मदन गोतमले बताए । आईतवार देखी योजना सचालन गरिएको जानकारी गराएपछि सात जना कृषकले निवेदन सहित प्रस्ताव पेश गरेको उनले बताए ।
यसले खासगरी व्यावसायिक तरकारी खेती गर्ने कृषकलाई फाईदा पुग्ने विश्वास बैंकको छ । त्यसैगरी वैदेशिक रोजगारका लागि विदेशएिकाहरुले बैकमा खाता खोली कारोकोर गर्नेहरुको परिवारले कृषि क्षेत्रमा लागनी गर्ने ईच्छुक भएमा पनि १३ प्रतिशतका दरले ऋण दिईने भएको छ ।
साथै कर्जा लिने ग्राहकको हकमा वैदेशिक रोजगारमा रहेको व्यक्तिको ऋणको रकम बराबारको व्यक्तिगत दुर्घटना तथा शारीरिक रुपमा अशक्त भई काम गर्न नसक्ने स्थिति भएमा सो को समेत बीमा गरिने व्यवस्था गरिएको बैंकले जनाएको छ । यस बैंकले २०६८ वैशाख ९ गतेबाट अर्घाखाँचीमा कारोवार संचालन गर्दै आएको छ ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।