अर्घाखाँचीमा तरकारी अहिलेसम्मकै महंगो


 

– वीरेन्द्र केसी


अर्घाखाँची – उत्पादनमा कमी आएपछि जिल्लामा तरकारीको भाउ अहिलेसम्मकै महंगो हुन पुगेको छ । उपभोक्ताहरुले चर्को मुल्य तिरेर तरकारी खान बाध्य भएका छन ।


वर्षाको सिजनमा प्रशस्त वर्षे तरकारी हुने बेला भएपछि बारीमा तरकारी नै नभएकाले महंगिएको हो । तरकारी उत्पादनको पकेट क्षेत्र मानिएको किमडाँडा र जगत गाउँमा पनि उत्पादन कम छ । सबैभन्दा धेरै उत्पादन हुने किमडाँडामा जसर्ीगाई पाल्न थालेपछि तरकारी खेती विस्तार छाडन थालेकाले अभाव हुन पुगेको हो । उक्त गाउँले िसंगो सदरमुकामलाई धानेको थियो । गाउँमा बारीमा मकैसँगसगै उत्पादन हुने बोडी सिमी फर्सी काक्रो लगायत लहरे तरकारी बालीहरु उत्पादन नै भएका छन । मकै भित्र प्रसस्त हुने बडी सेमी घिरौला लौका समयमै पानी नपरेकाले सबै मरेर नष्ट भएको गाउँलेको भनाई छ ।


मकै भित्र बारीभरी सिमी बोडी घिरौला चिनिने प्रशस्त हुन्थ्यो हंसपुरका कृषक भेषराज पंथीले भने अहिले बारी खाली छ मकै मात्रै छन । गाउँमा समेत तरकारीको अभाव छ । हरियो तरकारी केही छैन । यो सिजन वर्षे तरकारी प्रशस्त हुने हो तर  उनले भने लगाएका झालहरु सबै मरेर र रोग लागेर बोटमै सुके । हरियो तरकारी खान परे सदरमुकाम मात्रै झर्नु परेको उनले बताए । फर्सी काक्रो पहेलो हुने बेला भएपनि बारी र झिक्रामा समेत झालै नभएको गाउँलेको भनाई छ । बारीमा मकै भित्र मात्रै नभएर गोठको छेउमा लगाउने लहरे तरकारी बाली चिचिन्ना करेला घिरौला लौका तोराय लगायतका तरकारी उत्पादन भएका छैनन् । जिल्लाका प्राय सबै गाउँमा तरकारीको अभाव रहेको छ । सन्धिखर्क र चुत्रावेशी बजारमा पनि तरकारीको अभावका कारण महगिएको छ । तरकारी पसलमा विभिन्न थरीका तरकरीहरु ५० देखि १२० रुपैयाँ प्रतिकिलोको रुपमा बिक्री भैरहेका छन । जिल्लाका अगुवा कृषक पुष्करनाथ बन्जाडेका अनुसार तरकारीको भाउ महगिएको यो पहिलो नै हो ।

 

दश वर्ष देखि व्यावसायिक तरकरी खेती गर्दा यति धेरै महगिएको यो वर्ष मात्रै हो । बजारमा घिरौला लौका तोराय प्रतिकिलो ६० देखि ८० रुपैयाँ रहेको तरकारी बिक्रेता रामजी प्रसाद घिमिरेले बताए । त्यस्तै सिमी बोडी प्रतिकिलो ६० तितेकरेला प्रतिकिलो ८० आलु ४० लौका घिरौला ६५ रुपैयाँ प्रतिलिको रहेको उनले बताए । गत वर्षहरुमा यसको आधा मुल्य पनि हुने थिएन । गाउँमा उत्पादनमा कमी भएकाले भाउ महगिन पुगेको उनको भनाई छ । उनका अनुसार तरकारी यो वर्ष अति महंगिदै गएको छ । गाउँका बोरीमा समेत तरकारी उत्पादन नभएकाले भाउ झनै महंगो हुने संकेत छ ।

 

जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष बारीमा उत्पादन हुने वर्षे तरकारी समयमा पानी नपरेको र किराले नष्ट पारेकाले बोटै मरेर गएको छ । गाउँबाट समेत तरकरी किन्न शहर झर्न थालेपछि बजारमा तरकारी अभाव देखिएको व्यापरीको भनाई छ ।

 





Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।