इजरालयमा फिलिस्तिनी नागरिककी पत्नीले जेलमा रहेका आफ्नो पतिबाट चोरीछिपी वीर्य मगाएर कृत्रिम गर्भाधारण

एजेन्सी। इजरालयको एक जेलमा बन्द रहेका फिलिस्तिनी नागरिककी पत्नीले जेलमा रहेका आफ्नो पतिबाट चोरीछिपी वीर्य मगाएर कृत्रिम गर्भाधारण गरेकी छिन् । चीनको समाचार संस्था सिन्ह्वाले जनाए अनुसार उक्त जेलमा रहेका कैदी अम्मार अल जब्नले जेलबाट लुकिछिपी वीर्य पठाएर आफ्नी श्रीमतीलाई कृत्रिम गर्भवती बनाएका हुन् ।


समाचारका अनुसार कैदी जब्नले ४ हप्तामा ३ पटक आफ्नी श्रीमतीलाई चोरीछिपी वीर्य पठाएर गर्भाधान गराउने प्रयास गरेका थिए तर कुनै कारणले यो योजना सफल हुन सकेन । तर उनको अन्तिम प्रयास सफल भयो र हालै उनकी श्रीमतीले एक स्वस्थ्य बच्चालाई जन्म दिइन् ।


फिलिस्तिनको नाब्सन शहरको एक अस्पतालमा कैदीकी श्रीमतीले एक स्वस्थ्य बच्चालाई जन्म दिएको जनाइएको छ । इजरायलको जेलमा रहेका फिलिस्तिनी कैदीहरुलाई आफ्नी पत्नीसँग शारिरीक सम्बन्ध गर्ने स्वीकृति छैन, तर इजरायलका कैदीलाई भने यो सुविधा दिइएको छ ।