पैसा

बाबु रोका(मगर)अपरिचित
असुरकोट-९ अर्घाखाँची हाल(दिल्ली भारत)

 
वाह् पैसा वाह् तिमीले त धुम धमका मच्चायौ
यो दुनियाँमा नयाँ कृति रचायौ |
 
उसले पनि पैसा भन्छ अर्कोले पनि पैसा भन्छ
पैसा,पैसा भन्दा भन्दै दिन जान्छ रात जान्छ
फेरी पनि जहाँ देख्यो मान्छेले तिम्रै नाम लिन्छ |
 
पैसाले घरबार बिगारयो जीन्दगी बिगारयो
सारा खुशी खोसेर जोगी बनायो
कलकलाउदो उमेर मै मान्छेहरु लाई रोगी बनायो |
 
बिहान उठ्दा पैसा साँझ सुत्दा पैसा
खाना खाँदा पैसा,नित्यक्रम गर्दा पैसा
जन्म हुँदा पैसा,मृत्‍यु हुँदा पैसा
लब गर्दा पैसा,बिहे गर्दा पैसा |
 
पैसा| पैस|| पैसा |||
पैसाले मान्छेहरुलाई राम बाट हराम बनायो
पूर्व घुमे,पश्चिम घुमे उत्तर,दक्षिण सरा संसार घुमे
आखिर जीन्दगी भनेको यो पैसाले
पैसा नै हो भन्ने जनायो |
 
मान्छेहरु किन पैसाको पछी भाग्दैछ ?
मलाई पैसा चाहियो भन्दै भगवान सँग बरदान पनि माग्दै छ
आखिर पैसा के हो? कसले बनायो? किन बनायो?
यो कुरा मान्छेहरुले जान्न बाँकी नै छ |
 
यो पैसाले मान्छेहरुलाई कहाँ बाट कहाँ पुरायो
कहिले उचाल्यो कहिले पछार्यो
कहिले हंसायो त कहिले रुवायो
आफन्तहरु बाट छुटाएर एक्लो बनायो|
 
पैसाको लागि आफ्नो पनि बिरानो सबै छोडि जानु छ एकलो
अन्त मा एक दिन सबै छोडि जानु छ एकलो |||
                  (समाप्त)