– राजेन्द्र श्रेष्ठ
रामेछाप हाल दोहा कतार
नेपालीहरुको रोजगारीको मेरुडण्डको रुपमा स्थापित भएको बैदेशीक रोजगारीका कारण हामी लाखौ लाख नेपाली युवाहरु बैदेशीक रोजगारीमा आएको छ । हाम्रो देशको शिक्षा र हामीले गाउँमा प्राप्त गरेको सिप र ज्ञानले हामीलाई बैदेशीक रोजगारीमा सहयोग हुदैन तसर्थ हामी अरवको खाडी र मलेशिया कोरीया जस्ता देशहरुमा निम्न स्तरको कामको लागि जानु परेको छ । जव हामी निम्न स्तरको काम गर्दछौ भने हाम्रा तलव सुविधा पनि निम्न स्तरको नै हुने भयो । हामीले विश्वका जुन सुकै कुनामा गए पनि घम् को काम गर्नु परेको छ अर्थात म्ष्चतथ म्बलनभचक र म्षाष्अगतिथ जव हाम्रो काम नै निम्न स्तरको भए पछि हामीले पाउँने तलब सुविधा पनि निम्न नै हुने भो तसर्थ हामी जति धेरै समय विदेशमा काम गरे पनि हाम्र काम भनेको आफ्नो परिवारको दैनिक गुजारा चलाउँनुमा नै सिमित हुन बाध्य छौ ।
हाम्रो कमाई थोरै भए पनि हाम्रा आवश्यकता र विलाशिता निकै बढि छ । जव हामी गाउँ घरमा रहदा मासिक रुपमा आम्दानी गर्न सक्दैन थियौ । त्यस बेलासम्म हाम्रा घरपरिवारको आवश्यकता पनि थोरै नै हुन्थ्यो । जव आयस्रोत बढ्दै जान्छ तव त खर्चको आदत पनि बढ्दै जान्छ । हामीले गाउँमा हुँदाका बखत खाने आटो पिठे ढिडो साग सिस्नु भुटेका मकै सातु वा हामी आफैले बनाएको आलुको चाना अब प्रवासी नेपालीहरुको घरहरुमा विरलै पाईन्छ । अहिले त त्यो खाने कुराको ठाउमा चाउँचाऊ चिउरा पेप्सी मिरिण्डा वियर सहरिया मस्यौरा सहरिया दाल चामल अर्थात आफुले उत्पादन गरेको खध्य सामग्री नभएर शहरीया खानामा खुशि हुन्छौ आफुले फलाएको अन्नपातलाई गाई बस्तुको दानाको रुपमा मत्र हेर्ने प्रवि्रतिको तिव्ररुपमा विकास भईरहेको छ । अथवा हामी जे उत्पादन गर्छौ त्यो खानको लागि हिचकिचाउछौ । जुन गाउमा मकै कोदो फल्छ भने त्यो अनाजको खाना पाहुनालाई दियो भने मानसम्मान नहुने सम्झन्छौ र शहरीया खाना बनाएर खुवाउछौ वा भन्नै पर्दा हाम्रो बसाई गाउँमा भएपनि खानपानमा शहरीया प्रयोग गर्ने बानिको बिकाश भएको छ ।
यसकारण हाम्रो कमाईमा बचत नहुने निश्चिछ छ । त्यसै गरी हामी र हाम्रा परिवारमा कमाई र काम नभए पनि मोवाई अनिवार्य भएको छ । बेकाममै पनि दैनिक रुपमा हामीले फोनमा खर्च गर्ने गरेका छौ । एक जानाको कमाईबाट ५-७ जनाको परिवार पाल्लु पर्ने त्यसैमाथी सबैलाई मोवाई रिचार्ड कार्ड यि सबै कुराको समस्या समाधान गर्दै जाँदा हाम्रो मासिक कमाईमा बचत हुने कुनै संभावना रहदैन । अझ यो भन्दा पनि अर्को परिवारीक समस्या झन जटिल भएको छ । जसको श्रीमान विदेशमा छ मासिक १५-२० हजार कमाउछन् भने उसको श्रीमती र बच्चालाई कुनै पनि शहरमा राखेर राम्रो शिक्षा स्वास्थ्य दिने उद्देस्यका साथ शहर पस्छन । यो राज्यको सबै ठाउमा समान विकास नभएका कारणले पनि बाध्यता भएको छ । हाम्रो देश नेपालको दुर्गम क्षेत्रमा एक ट्यावलेट सिटामोल पाउन पनि मुस्कील छ । त्यस्तै बाल बच्चाको लागि राम्रो स्कुल बोडिङ्गको पनि गाउँमा उपलव्धता छैन तसर्थ पनि शहर पस्न बाध्य छ । यसरी शहर पसेका कैयुन प्रवासीहरुको परिवारीक संरचान समेत भत्कीएको छ । यो पनि अति दुखत कुरा हो विदेशमा बसेर मेहनत गरेको मेहनतको कमाईबाट सुनौलो भविश्यको कल्पना गरेका हजारौ युवाहरुको सारा घर परिवार नै भातभुङ्ग भएर कैयुन अपराध जन्य घटनाहरु पनि घटिरहेको छ भने प्रवासिएका युवा युवतिहरुको मनमा कैयुन अविश्वासको बातवरण पनि बढ्दै गएको छ ।
यसरी हामी प्रवासी जिन्दगी कहिल्य सम्म विताउने यसको कुनै लेखा जोखा गर्न सकिन्न हामी संग बचत नभए पछि देशमा गएर पनि केही गर्न सक्ने कुरै भएन जति मेहनेत गरे पनि हाम्रो मासिक कमाई मासिक खर्च धान्नमा नै ठिक हुन्छ । यसरी सधै प्रवासमा बसेपछि परिवारीक संरचना नबिक्रने पनि कुरै भएन विवहा गरेको एक हप्ता नहुदै बिदेशिएका श्रीमान दुई तिन बर्ष सम्म नफर्कने फर्किए पनि एक डेढ महिनामा फेरी विदेशै फर्कने यो समस्या सधै रहेपछि हाम्रो सारा जीवन विदेशमा वित्ने छ । यसबाट मुक्ति पाउँनको लागि हामीले आजैबाट संभावनाकॊ खोजी गर्नु जरुरी छ । यहा मैले केही आफ्नो व्यक्तिगत विचारहरुमा व्यक्त गर्नु पर्दा पहिलो त नेपाल सरकारले नै पहल गर्नु जरुरी छ भन्ने मलाई लाग्छ त्यसमा सामुहिक लागानिको लागि सकरकरको विश्वाशिलो बैदेशिक रोजगार बचत तथा लागानी संस्था वा बैंकहरु खोल्नु पर्दछ । प्रतेक प्रवासी नेपालीहरुलाई लगानि गर्नको लागि लगानी मैत्री शिक्षा दिनु पर्दछ । मासिक लगानिको नियम बनाएर उनिहरुले मासिक कमाएको रकम मासिक बचत गरेर त्यसकोषमा जम्मा गर्न पाउने नियम बनाएर उनिहरुलाई जागरुक बनाउनु पर्दछ । उदाहारणको लागि एक प्रवासी नेपालीले मासिक ने।रु। ३ हजारको दरले बचतकोषमा जम्मा गर्ने हो भने बार्षिक रुपमा उसको ३६ हजार हुने छ यसरी कम्तिमा १५ लाख प्रवासीलाई सदस्य बनाउने हो भने बार्षिक रुपमा ५४ चौउन्न अरव अरव रुपैया जम्मा हुने छ । यसलाइ निरन्तर संाचालन गर्ने र नेपालको आर्थिक विकासको लागि जलविद्युत कलकारखाना उद्योगधन्दा कृषि पर्यटन लगाएतको क्षेत्रमा लगानी गर्ने र यो प्रवासी नेपालीको लागानीद्दारा संचालीत कम्पनिहरुमा प्रबासीहरुको आफन्त र नातेदारलाई नै रोजगारी दिने निति बनाउने हो भने देश विकासमा छोटो समयमा नै ठूलो प्रगति गर्न सकिने छ र प्रवासीहरुको परिवारीक संरचनामा पनि सुधार हुने वा विकृतिहरु कम हुने निश्चित छ किनकी पविारको एक जनाको बचतले नेपालमा रहेको बेरोजगार व्यक्तिलाई पनि काम मिल्ने छ । जव मानिस कुनै काममा व्यस्त हुन्छ उसको नकरात्मक बाटो तिर लाग्ने सोच आउदैन । बर्षमा ५४ अरव रुपैया जम्मा हुने भएको हुँदा पाँच बर्षमा २ खर्व ७० अरव जम्मा हुनेछ । यति ठूलो रकमबाट नेपालको कुनै पनि ठूला ठूला विकासका योजनाहरु पुरा गर्न सकिन्छ किनकी एउटा योजना पुरा गर्न समय पनि लाग्ने छ र पैसा पनि लागातार जम्मा हुँदै जाने छ । यसरी देश विकासको लागि प्रबासी नेपालीको ठूलो योग्दान हुने छ ।
आज सम्म प्रवासीहरु संग छरिएर रहेको पैसाले कुनै काम गर्न सकिएको छैन । साथै हामीमा थोरै थोरै भए पनि बचत गर्ने बानिको पनि विकास भएको छैन । थोरै किन नहोस मासिक रुपमा बचतको कार्यक्रममा सहभागि पनि हुन पाउने र आफन्तलाई रोजगारी पनि दिलाउन सकिने भएको हुँदा यसमा प्रवासीहरुको ध्यन निश्चित रुपमा तानिने छ । नेपाल सरकरको बैदेशिक रोजगार बचत पत्रले प्रवासीहरुम्ााझ खासै प्रभाव पारेको देखिएन किनकी त्यसको समय अवधि नै छोटो थियो जसको बारेमा जानकारी नहुदै समय सकिएको छ । यस्ता कामको लागि समयको सिमा होईन बचत गर्ने व्यक्तिको प्रवास बसाईको सिमा तोक्न चाही उचित हुनेछ ।
यदी नेपालको भरपर्दो निकायबाट यस्तो कार्यक्रम संाचालन भएमा प्रवासी नेपालीहरुको विच रहेको फजुल खर्च गर्ने बानिमा पनि कटौति गर्न सकिने थुपै ठाउहरु छ । हामी ले मासिक रुपमा गर्दै आएको फोन खर्च घुमघाम खर्च अखाध्य बस्तु खानमा प्रयोग हुन खर्च आफ्नो कमाई भन्दा महंगो सामनहरु जस्तै मोवाई क्यामारा ल्यापटप लागाएत कपडाहरुमा पनि आफ्नो आम्दानिअनुसार खर्च गर्ने बानि बसाउन सकिन्छ । हामीले बजारमा हजारौ रियाल पर्ने कोट पाईन्ट देखि पाचास सयमा आउने सामानहरु पाउन सकिन्छ । हामी उर्जनशिल उमेरमा विदेश आउने भएको हुँदा कम्तिमा ५ देखि १० बर्षको मेहनतको बचतले केही गर्ने योजना बनाउनु जरुरी छ । किनकी हामीले यो बेलामा सोच्न सकिएन भने पछि झन उमेरका कारण पनि समस्या पर्ने छ ।
अन्तमा हामी प्रवासी नेपालीहरुले आफ्नो कामको मुल्यङ्कन गर्नु जरुरी छ । सुरुको दिनमा जे काम गरिएको छ । त्यही काममा पनि हाम्रो अनुभव बढेको हुन्छ र त्यो काम अनुसारको पारिश्रमिक पाएको छ कि छैन । छैन भने त्यसको लागि कोसिस गर्नु पर्दछ भने आफ्नो योग्यता र क्षमताले सक्ने नयाँ कामहरु पनि सिक्ने गर्नु पर्दछ किनकी याहाँ कैयुन मित्रहरुले ७-८ सयको तलवमा काम गर्न आए पनि दुई तिन बर्षमा डाइभर टेक्नीसिन जस्ता कामहरु सिकेर अरु ४ बर्षमा कमाउने पैसा एकै बर्षमा कमाउन सकेको हामीले देखेका छौ अर्थात तिन चार हजार रियाल कमाउने काम पाउनु भएको छ । हामी मजदुरहरुको स्वतन्त्रता भनेको नै आफुले पाएको अवसर अनुसार काम र कम्पनि परिवर्तन गर्न पाउने हो । भलै अरबका देशहरुमा त्यो अवसर सहजै नपाए पनि काम जाने पछि थुपै्र आईडियाहरु आउने छ र हामीले आफ्नो सिप र क्षमतालाई कुनै पनि दिन प्रयोग गर्न सक्ने कुरामा दुइमत हुन सक्दैन ।