संघीयता खारेज हुनुपर्दछ

– सागर कुँवर


संघीयता विरोधी को हो भन्ने सवालमा नेपालमा अहिले आएर एक अर्कामा आरोप प्रत्यारोप भैरहेको छ । वास्तविक संघीयताको पक्षपाति को हो र को संघीयताको विरोधी हो भन्ने स्पस्टताका साथ बाहिर आएर त्यसैको आधारमा चुनावमा समेत भाग लिएर आए पछि त्यस प्रकारको को संघीयताको विरोधी हो र को त्यसको पक्षपाति हो भन्ने विषयमा झगडा गर्नु देशमा गहिरदै गएको राष्ट्रिय समस्यालाई नजरअन्दाज गर्नु वा त्यो समस्यालाई पन्छाएर समाधानको बाटो नखोज्नु नै हो । संघीयताको विरुद्धमा नेपालको राजनीतिक आन्दोलनमा नेकपा मसाल र राष्ट्रिय जनमोर्चा नै संघीयताका विरोधी राजनैतिक शक्तिहरु हुन जसले लगातार रुपमा संघीयताको विरुद्धमा राष्ट्रियताको पक्षमा गणतन्त्रको सृदृढीकरणको लागि लगातार रुपमा सम्झौताहिन प्रकारको संघर्षलाई अगाडि बढाएको आम न्यायप्रेमी जनसमुदायका अगाडि स्पस्ट छ । संघीयता वा संघीय शाशन व्यवस्थाले नेपालको सामाजिक साँस्कृतिक जातीय ऐतिहासिक पुरातात्वीक भौगोलिक आर्थिक कुनै पनि आधारमा मेल नखाएको अवस्था पनि हाम्रा अगाडि नै विद्यमान छ । अर्को तर्फ संघीयता नेपाली जनताको माग नभएर भारतीय विस्तारवादको नेपाल टुक्राउने  षडयन्त्र अनुरुप आएकाले र साथसाथै युरोपियन यूनियन लगायतका साम्राज्यवादी शक्तिहरुले नेपालमा जातीय द्वन्द फैलाई विश्व बजार अथतन्त्रलाई आफ्नो हातमा लिदै गरेको चिनका विरुद्धको आन्दोलनलाई अगाडि बढाउन आएको हो भन्ने पनि प्रस्ट भएको छ । त्यसप्रकारको संघर्षलाई अगाडि बढाउन नेपालमा जातीय द्वन्द चर्काएर नै सफल हुन सकिन्छ भन्ने मान्यता साम्राज्यवादी मुलुकहरुको रहेको छ । त्यसकारणले नै साम्राज्यवादी तथा पुजिवादी शक्तिहरुले नेपालमा जातीय राज्यको मागको आन्दोलनलाई अटुट रुपमा पूर्ण सहयोग गर्दै आएका छन ।


अहिले देशमा संघीय मोर्चा निर्माण गर्न होडवाजी चलीरहेको छ । वैद्यको माओवादीको नेतृत्वमा एउटा मोर्चाको निर्माण भए पछाडि असंवैधानिक भटराई सरकारको सहयोगमा प्रचण्ड माओवादीको नेतृत्वमा अस्तित्व विहिन शक्तिहरु मिलेर संघीय मोर्चाको निर्माण गरेका छन र उनिहरुले यो बताईरहेका छन कि त्यो संघीय मोर्चाको जिम्मेवारी माओवादी समुहहरु तथा जातिवादी क्षेत्रीयतावादी शक्तिहरु उठाउदै आएको जातीय राज्यको निर्माणको लागि कांगे्रस एमालेलाई दबाब दिनु हुनेछ । तर वास्तवमा यो सत्य हो एमाले कांग्रेस पनि संघीयताका पक्षधर शक्ति नै हुन । उनीहरुले पनि नेपाललाई संघीय राज्य बनाउने नै बताएका छन । माओवादी नेता प्रचण्ड उपयोगितावादको सिद्दान्तलाई लागु गरेर आफ्नो क्यारिरिष्ट प्रकारको उद्देश्य प्राप्त गर्नको लागि जुन सुकै प्रकारको काम कारवाही गर्न पछि पर्दैनन् यो उनको आज सम्मको व्यबहारबाट प्रस्त भएको छ । त्यस प्रकारको एक अवसरवादी नेताको नेतृत्वमा गठित संघीय मोर्चाले उनीहरुको आवाश्यकता पुरा गर्नको लागि राष्ट्रघातको अभ्यास पनि गर्ने सम्भावाना अत्यन्तै बढी छ । एकातिर त्यो मॊर्चामा भारतीय विस्तारवादका कठपुतली शक्तिहरुको सामेल छ भने अर्को तर्पु भारतीय विस्तारवादको आड भरोसामा टिकेको बाबुराम सरकारले भारतीय विस्तारवाद अनुकुल काम कारवाहीहरु अगाडि बढाएको आम रुपमा नै जगजाहेर छ । यस प्रकारको राष्ट्रघातीहरुको मोर्चाले देशको अस्तित्वलाई खतरामा पार्ने सम्भावित संकेतहरु देखिसकेका छन ।


पहिलो कुरा त के हो भने संघीयता नेपालको वस्तुगत तथा आत्मगत कुनै परिस्थितीसँग मेल खाँदैन । नेपाली जनताको करिब ६ दशक लामो संघर्षबाट प्राप्त संविधानसभाबाट संविधान बन्न नदिने मुख्य कारक पनि संघीयता नै थियो । संघीयताको सवालमा मिल्न नसकेर नै अन्त्मि अवस्थामा संविधान सभाको दुःखद विघटन भएको थियो जसले आम नेपाली जनतालाई निराश तुल्याएको थियो भने राजनीतिक दलहरु प्रति घृणाको भावाना पनि जगाएको थियो । ०६२,०६३ सालको ऐतिहासिक महान जनआन्दोलनको मुख्य उपलब्धी गणतन्त्रलाई संस्थागत गर्नको लागि मुख्य बाधा पनि संघीयताले नै पुर्याएको थियो । सामन्तवाद विरुद्धको संघर्षलाई कमजोर बनाउने काम  नेपाली जनताको नयाँ नेपाल निर्माण गर्ने सपना आशा र विश्वासलाई ध्वस्त पार्ने काम पनि संघीयताले नै गरेको हो । संविधान बन्ने अन्तिम अवस्थामा साम्राज्यवादको ग्राइनडिजाइनमा साचालित जातिवादी आन्दोलनहरुले संविधान बन्न नदिने अवस्थाको नै सृजना गरेको थिए । नेपालमा गणतन्त्रको संस्थागत गर्दै नयाँ संविधानको निर्माण र शान्ति प्रकि्रयालाई टुँगोमा लैजानको लागि साम्राज्यवाद तथा विस्तारवादका कडपुतली नेपाली दलालहरुले बाधा उत्पन्न गराएका थिए त्यो पनि संघीयता सहित पहिचानको राजनीतिको आडमा ।


अहिले आएर नयाँ चुनाव सम्मको लागि बनाइएको जातीय संघीयतावादीहरुको मोर्चाले देशलाई निकास होइन समस्याको अन्धाकारमय भुमरीमा फसाउदै गइरहेको छ । प्रचण्डले यो बताएका छन कि नयाँनिर्माण गरिएको संघीय मोर्चाले कांग्रेस एमालेलाई दबाब दिएर राष्टिय समस्याको समाधाको बाटो निकाल्ने तर उनिलाई यो हेक्का रहेको छैन कि आजको मुख्य समस्याको विषय भनेको कठपुतली बाबुराम सरकार हो र त्यो सरकारको नेतृत्व एमाओवादीले गरेको छ । यहाँ यस प्रकारको परिस्थितीमा यो निश्कर्ष निस्कन्छ कि अहिलेको समस्या समाधानको बाघक शक्ति एमाओवादी तथा कठपुतली भटराई सरकार नै हो । प्रचण्ड बाबुरामलाई यो कुरा थाहा नभएको होईन तर उनिहरुले नियतवस नै समस्या समाधानमा बाधा हालेका छन । यसरी हेर्दा यो मोर्चा वर्तमान कामचलाउ सरकारको बचाउको लागि नै निर्माण भएको देखिन्छ । त्यस प्रकारको मोर्चाले राष्ट्रिय सहमतिको बातवरणलाई खलबलाई देशलाई गम्भिर प्रकारको क्षति तर्फ उन्मुख गराएको छ ।


जातीय संघीयताको परिणाम राष्ट्रिय विखण्डन हुनेछ । देशमा जाति जातिका बिचमा द्वन्द सृजना भई राष्ट्र गृहयुद्व तर्फ जान सक्ने प्रवल सम्भावाना देखिएको छ । विश्को इतिहासले पनि यो बताउँदछ कि जातिय संघीयतामा गएका देशहरुमा जातीय द्वन्द नभएको कहीँ पनि छैन । त्यसकारण नेपालमा जातीय राज्यको मागको लागि मोर्चा बन्दीको परिणाम यो निस्कने छ कि नेपाललाई जातीय द्वन्दमा फसाउनु नयाँ सामन्तहरुको जन्म गराउनु तानाशाही फासिस्ट शाशन व्यवस्थाको स्थापना गर्नु कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्नु साम्राज्यवादलाई खुला आमन्त्रण गर्नु  विस्तारवादी सेनालाई प्रवेश गराउनु र अन्तमा नेपाललाई विघटन गराउनु नै हुनेछ । त्यसकारण जातीय मोर्चा बन्दीमा लाग्नेहरुको नियत जे भए पनि त्यसबाट निस्कने परिणाम नेपाल र नेपाली जनताको लागि धातक हुनेमा कुनै शंका छैन ।


देशमा क्षेत्रीयतावादी शक्तिहरु वा मधेसवादी शक्तिहरु जसले लगातार रुपमा एक मधेस प्रदेशको मागलाई जोडदार रुपमा उठाउँदै आएका छन । उनीहरुको एक मधेस प्रदेशको माग यो मानेमा आएको छ कि मधेसवादी शक्तिहरु नेपालको तराई भागलाई नेपालबाट अलग गरेर भारतीय संघमा सामेल गर्न चाहान्छन । मधेसवादी नेताहरुले बारम्वार रुपमा एक मधेस प्रदेश नभए एक नेपाल पनि नरहने अभिव्यत्तिहरु सार्वजनिक रुपमा प्रकट गर्दै आएका छन । यसको निश्कर्ष यो निश्कन्छ नेपालमा चलेको क्षेत्रीयतावादी आन्दोलन नेपालको राष्ट्रियतालाई विघटन गराउनु नै हो । मधेसवादी शक्तिहरुका लगातार रुपमा आइरहेका राष्ट्रघाती अभिव्यत्ति र उनीहरुको व्यबहारले यो पुस्टि गरिसकेको छ । अहिले आएर जातिवादी र क्षेत्रीयतावादी शक्तिहरुको संघीय मोर्चा निर्माणको उद्देश्य पनि राष्ट्रघाती कठपुतली बाबुराम सरकारको निरन्तरता  साम्राज्यवाद र विस्तारवादको सेवा राष्ट्रिय सहमतिलाई बन्द गर्ने नै देखिन्छ । यसले आम शोषित पिडित जनताको आन्दोलनलाई अलमल्याउने सम्भावाना पनि प्रवल छ ।


विभिन्न एनजिओ तथा आईएनजिओ लाई परिचालन गरेर संघीयतालाई देश भर प्रचार प्रसार गराइएको छ । विश्व भरी जुन प्रकारले संघीयताको मुद्दा उठ्यो त्यो भन्दा पृथक प्रकारले नेपालमा विकृत प्रकारले नै संघीयताको मुद्दा उठेको छ । माओवादी नियत देशको राष्ट्रिय समस्याको समाधान गर्ने भन्दा पनि माओवादीलाई कसरी फाइदा हुन्छ त्यस आधारमा नै उनीहरुले आन्दोलनलाई संगठित गर्ने प्रयत्न गर्दै आएको छन र त्यसैको परिणाम हो संघीय मोर्चा पनि । सर्वाहारा वर्गको मुक्तिको सपना भित्र होनहार सोझा कार्यकर्ताहरुलाई अक्टोवर क्रान्तिको नाममा जातीय कार्ड फ्याकेको माओवादी परापुर्वक काल देखि मिलेर बस्दै आएका जात जातिलाई उचालेर एक आपसमा वैमन्स्यता सृजना गरेर वा एक आपसमा लडाएर आफ्नो अभिष्ट पुरा गर्न सपना देखेको छ जुन  देश र जनताको  लागि घातक शक्ति&#2