विराटनगर – राष्ट्रिय दैनिक नागरिकका अजित तिवारीले लेखेको समाचार अनुसार एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस-एमालेलाई पनि एउटै मोर्चा बनाउन सुझाव दिएका छन्। दाहालले छुट्टा-छुट्टै पार्टीहरुसित वार्ता र सहमती गर्नुभन्दा दुईवटा मोर्चाबीच कुराकानी गर्न सजिलो हुनेभएकाले कांग्रेस-एमालेलाई मोर्चा बनाउन आग्रह गरेका हुन्।