भट्टराई सरकारको बिरुद्ध अर्घाखाँचीका युबा, बिद्यार्थीहरुद्धारा मतदान

सन्धिखर्क, अर्घाखाँची । असबैधानिक भट्टराई सरकारको बिरुद्ध भन्दै शुक्रबार अर्घाखाँचीका युबा, बिद्यार्थीहरुले सर्बसाधारण जनतालाई मतदान गराएका छन।

 


 

ति युबा, बिद्यार्थीहरुले सन्धिखर्कको शान्ती बगैचा, नयाँ बसपार्क  र चुत्राबेसी लगायतका स्थानहरुमा मतदानको लागी तीन ठाउमा ३ वटा मतपेटिका [बाकस] राखी चोकचोकबाट सर्बसाधारण जनतालाई मतदान गर्न आह्वान गरेका थिए।

 

उक्त मतदानको मतपेटिका भोली नै जिल्ला प्रशासन कार्यालय मार्फत राष्ट्रपतिलाई पठाउने जानकारी उक्त कार्य्क्रमका आयोजकहरुले अर्घाखाँची डटकमलाई बताएका छन ।

 


 

सो कार्यक्रमको आयोजना, नेपाल तरुण दल, युबा सघ नेपाल ,अखिल नेपाल युबक सघ, जनस्वय सेबक नेपाल, नेबिसघ, अनेरास्पवियु अखिल छैठौ र अखिल क्रान्तीकारी लगायतका युबा बिद्याथीहरुको सयुक्त आयोजनामा थिए ।  यस अघी पनि उनिहरुले जिल्ला प्रशासन घेराउ गरेका थिए।

 

आयोजकले जब सम्म  आफ्ना सरकार विरोधी माग पुरा हुँदैन तब सम्म आन्दोलन नरोकिने जनाएका छन ।

 




Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।