– वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची – एमाले पोलिटब्युरो सदस्य एवं प्रचार विभाग प्रमुख प्रदिप ज्ञवालीले सहमतीय संवादबाट प्रधानमन्त्री अगाडी बढन नचाहे सरकारको छिनोफानो सडकबाट हुने चेतावनी दिएका छन । उनले बाबुराम भटराई सरकारबाट बाहिरिएर सहमतीको ढोका खोल्नु सबैभन्दा उत्तम विकल्प भएको बताए ।
माओवादीले सत्ता टिकाउन अपवित्र गठवन्धन गरी अवसरवादी मोर्चा बनाएर सहमतीको विन्दु समाप्त गर्न खोजी देशलाई अराजकता र मुडभेडमा धकेल्न खोजेको आरोप लगाए । प्रधानमन्त्रीले सत्ता नछाडदासम्म कुनै सहमती हुदैन; उनले भने पहिला संवाद र सहमतीबाट सरकार बनाऔं यदि होईन भने आन्दोलन त हामीले कहाँ गरेका छौ र यो त टेलरमात्रै हो साच्चिकै आन्दोलन गर्न परे राजा ज्ञानेन्द्र त हटे माओवादी त सामान्य हो सरकारको अवस्था के हुन्छ त्यतिबेला थाहा हुन्छ । उनले आन्दोलन रहरले नभई बाध्यताले हुने बताए । उनले सहमती र संवादलाई नै जोड दिएको र यदि त्यसो हुन सकेन भने लोकतन्त्रको लागि जनता सडकमा उत्रिने चेतावनी दिए ।
कार्यकर्ता प्रशिक्षणमा सन्धिखर्क आएका ज्ञवालीले पत्रकारहरुसँग कुरा गर्दै माओवादीले जस्तो काग्रेस एमालेले गठवन्धन गरेर मोर्चा बनाउने सोचमा नरहेको बताए । सहमतीबाट सरकार निर्माण गरि निर्वाचनमा जानुपर्छ र उनले भने संविधान भन्दा बाहिर गएर बाबुरामले मुर्खता गर्न खोजे । उनले सरकारद्धारा निर्वाचन सम्बन्धी अध्यादेश पिर्ता गर्नु जायज भएका बताउँदै राष्टपति देशप्रति अत्यन्तै चिन्तित बनेको बताए । माओवादीले वैशाख २१ गते भएको सहमती लागु नगरे आन्दोलन गर्ने उनको भनाई छ । माओवादीले संविधान सभाको हत्या गरेर गठवन्धन मोर्चा बनाएर मुलुकलाई थप द्धन्द्धमा धकेल्न खोजे त्यसको सामान गर्न तयार रहेको बताए । माओवादीप्रति आक्रामक ज्ञवालीले विदेशीलाई रिझाएर नेपालको अन्तराष्टिय सम्बन्ध जातीय सम्बन्ध र सामाजिक सदभाव खल्बलाएर सरकार उल्टो बाटो हिडन खोजेको आरोप लगाए । उनले माओवादीकै कारण छिमेकी मुलक भारत र चीन शंसकित भएको बताए ।
अशोक राईलाई कारवाही गरेका छैनौ: बोहोरा
यसैबीच एमाले अनुशासन विभागका अध्यक्ष अमृत बोहोराले पार्टीका उपाध्यक्ष अशोक राई लगायतका नेतालाई कारवाही नगरेको बताए । पाटीको नीति बाहिर गएकाले स्पष्टीकरण सोधिएको तर निस्काशन नगरेको बताए । लोकतन्त्रमा असहती भएपछि छलफलबाट निकास निक्लने भएकाले सच्चिएर आएर जिम्मेवारी पुन दिन सकिने बताए । उनले पार्टीका विरुद्धमा अभिव्यक्ति दिएर नदिई एमालेमा फर्किन आग्रह गरे । उनले एमाले संघीयता विरोधी नभएको पनि स्पष्ट पारे ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।