पाकिस्तानको बलुचिस्तान प्रान्तस्थित क्वेटा शहरको सैन्य चेकपोष्टमा आत्मघाती बम आक्रमण

एजेन्सी  । पाकिस्तानको बलुचिस्तान प्रान्तस्थित क्वेटा शहरको एक सैन्य चेकपोष्टमा गराइएको आत्मघाती बम आक्रमणमा ५ जना सुरक्षाकर्मी मारिएका छन् ।

 

मारिनेमा ३ जना अर्धसैन्य बल र २ जना गुप्तचर अधिकारी रहेको बताइएको छ ।

 

बिहानको समयमा चेकपोष्ट भएर जान खोजेको कार सुरक्षाकर्मीले रोख्न खोज्दा विष्फोट भएको थियो ।

 

पाकिस्तानको बलुचिस्तानका आदिवासी बलोच लडाकुहरुले थप स्वायत्तताको माग गर्दै पृथकतावादी आन्दोलन चलाइरहेका छन् ।