– जीवन शाही
प्रगतिवादी साहित्यिक आन्दोलनको अग्रणी संस्था प्रगतिशील लेखक संघ नेपाल सुर्खेत शाखाले आफ्नो नवौं जिल्ला सम्मेलन गर्ने भएकोछ । शनिवार वीरेन्द्रनगरमा सम्पन्न भएको बैठकले आगामी असोज महिनामा सम्पन्न गर्ने निणर्य गरेको हो ।
गत असार मसान्तमा गर्ने भनिएको सम्मेलन राजनैतिक गत्यावरोधकाकारणले आन्तरीक तयारी पुरागर्न नसक्दा सम्पन्न गर्न नसकिएकोले अब थप तयारी सहित असोजको पहिलो साता वीरेन्द्रनगरमै सम्पन्न गर्ने निर्णय भएको प्रलेस सुर्खेतका उपाध्यक्ष जीवन शाहीले जनाएका छन् ।
यतिखेर सम्मेलन तयारीकै क्रममा सदस्यता वितरण तथा नविकरण कार्य सुचारु भएको कोषाध्यक्ष हरिलाल महत्राले जनाएका छन्।
प्रलेसलाई माया गर्ने समस्त लेखक कलाकार तथा साहित्यकारहरुका साथसाथै सुर्खेतवासी जनसमुदायहरुमा सम्मेलन सफलताको लागि आआफ्नो क्षेत्रबाट सहयोग पुर्याईदिनहुन हार्दिक अनुरोध समेत लेखक संघले गरेकोछ।