भिम बस्नेत
बागी ८ अर्घाखाँची,नेपाल
हाल दोहा कतार
—————————————–
(१)
बसन्तमा ओईली झर्यौ बहार भनुँ कसरी
छाती भित्र तीर हान्यौ उपहार भनुँ कसरी
अधरको मुस्कानमा पागल भाको थिए म
दिल चोरेर भयौ टाढा फरार भनुँ कसरी
(२)
धेरै थिए मनका चाह पुरा गर्न बाँकी छ ।
सयौं घुम्टि काटी सकें जङार तर्न बाँकी छ ।।
आधा उमेर बिती सक्यो दु:ख सुख गर्दा गर्दै
दुखै दु:खमा बित्यो जूनी अब मर्न बाँकी छ ।।
(३)
किन किन एकान्तमा रमाउन मन लाग्छ ।
सँगै छन साथी भाई तर एक्लो पन लाग्छ ।।
चोटै चोट खाँदा खाँदै अचानो भो छाती
हरियाली मन आज उजाड बन लाग्छ ।।
(४)
जूनकिरी झै चम्किन्थ्यौ कालो अन्धेरिमा
लुका छिपी गर्थ्यौ हामी गाउँको पँधेरिमा
तिमी बिना एक्लो भाछु म त निरमाया
जून तारा बनी छाईदेऊ मनको मझेरिमा