काठमाडौं – लोडसेडिङको समय घट्ने आशामा रहेका बिजुलीका उपभोक्ताले वर्षायाम नसकिँदै इन्भर्टर र ऊर्जाका वैकल्पिक स्रोतलाई दुरुस्त राख्नुपर्ने भएको छ। घोषित रुपमै दैनिक पाँच घन्टा लोडसेडिङ भइरहेको अवस्थामा प्राधिकरणले अघोषित रुपमा समय बढाएको छ। ुपूर्वाञ्चल भारतबाट आउने बिजुली आधाले कटौती भएकाले लोडसेडिङको नयाँ तालिका ल्याउँदैछौं,ु प्राधिकरण प्रणाली सञ्चालन विभागका प्र्रमुख भुवनकुमार क्षेत्रीले भने।
भारतबाट ल्याएर मेची र कोसी अञ्चलमा विद्युत आपूर्ति हुँदै आएकोमा अहिले आधा कटौती भएको छ। ६५ मेगावाट बिजुली भारतबाट आयात भइरहेकोमा अहिले ३० मेगावाटमा सीमित भएकाले लोडसेडिङ तालिका प्रभावित भएको छ।
गत वर्ष यो समयमा दैनिक दुई घन्टामात्र लोडसेडिङ थियो। यसपटक बिहान र बेलुकी गरी पाँच घन्टाबाट घटेको छैन। ुअब पाँच घन्टाबाट लोडसेडिङ घट्दैन होला,ु क्षेत्रीले भने। गत वर्षको भन्दा यो वर्ष मनसुनी वर्षा निकै कम भएको र मागसमेत बढेको हुँदा लोडसेडिङ पाँच घन्टाबाट नघट्ने भएको हो।
प्राधिकरणका अनुसार हरेक वर्ष विद्युतको माग सामान्य अवस्थामै एक सय मेगावाटको दरले बढ्छ। नयाँ कलकारखाना स्थापना नभए पनि घरायसी प्रयोगकै लागि एक सय मेगावाटका दरले बिजुलीको उत्पादन बढ्छ। क्षमता भने गएको एक वर्षमा सात मेगावाटमात्र थपिएको छ।
लोडसेडिङ नघट्नुको अर्को कारण विद्युतको सबैभन्दा ठूलो ुब्याकअपु मानिएको कुलेखानीको जलाशय नभरिनु हो। गत वर्ष साउनमै पूरा जलाशय भरिएर बालुवा भरिएका बोरासमेत राखेर पानी रोकिएको थियो। त्यही पानीले गर्दा पनि हिउँदमा लोडसेडिङ १२ घन्टामा सीमित राख्न प्राधिकरण सफल भएको थियो।
प्राधिकरणका अनुसार यो वर्ष कुलेखानीको जलाशय भरिन पानीको सतह अझै ८ मिटर बढ्नुपर्छ। भदौ लागेपछि जलाशय भरिने गरी पानी पर्ने सम्भावना रहँदैन। यो वर्ष वैशाखदेखि नै देशभरि वर्षा औसतभन्दा ज्यादै कम भएको छ। गत वर्षहरुमा जेठदेखि नै लोडसेडिङलाई प्राधिकरणले नियन्त्रणभित्र राख्ने गरेकोमा यसपटक मध्य वर्षामा पनि पाँच घन्टाबाट घटाउन नसक्नुले सरकार र प्राधिकरणले अहिलेदेखि नै तयारी नगरे हिउँदमा बिजुलीको ठूलो हाहाकार हुने भएको छ।
सिस्टममा अहिले निजी विद्युत गृह र प्राधिकरणबाट उत्पादन भएको पाँचसय ५० मेगावाट बिजुलीमात्र उपलव्ध छ।
लोडसेडिङ पूरै हट्न एक हजार २६ मेगावाट बिजुली आवश्यक पर्छ। विद्युत प्राधिकरण र निजी विद्युतगृहहरुले आफ्नो क्षमताअनुसार पूर्ण रुपमा बिजुली उत्पादन गर्ने हो भने अहिले ७ सय पाँच मेगावाटमात्र उपलब्ध हुन्छ।
अधिकांश विद्युतगृहहरु ुरन अफ दी रिभरु ९नदी प्रवाहमा आधारित० छन्। नदी प्रवाहमा आधारित विद्युत गृहहरुले खोलामा प्रशस्त पानी हुँदा आफ्नो क्षमता अनुसार बिजुली उत्पादन गर्छन्। पानी घट्दै गएपछि कतिपय विद्युत गृहहरुले हिउँदमा आफ्नो क्षमताको एक चौथाइमात्र बिजुली उत्पादन गर्छन्।
प्राधिकरणले वर्षाको समयमा पनि लोडसेडिङलाई कम गर्न भारतबाट एक सय २५ मेगावाट बिजुली ल्याइरहेको थियो। यस बिजुलीमध्ये पूर्वमा ल्याइएको ६५ मेगावाटमध्य ३५ मेगावाट कटौती भएपछि सबैतिर प्रभाव परेर अघोषित लोडसेडिङ थपिएको हो।
प्राधिकरणले यो वर्ष लोडसेडिङलाई बढीमा १६ घन्टामात्र गर्नेगरी उपायको खोजी गरिरहेको छ। दुहबी र हेटौंडामा रहेका मल्टिफ्युल प्लान्टहरु सञ्चालन गर्ने, भारतबाट अहिलेभन्दा बढी बिजुली ल्याउन पूर्वाधार ९प्रसारण लाइन सुधार० गर्ने, उद्योगीहरुसँग भएको जेनेरेटरबाट उत्पादन भएको बिजुली किन्ने लगायतका उपायहरु खोजी गरिरहेको छ।
सरकार समयमै आयोजनाहरु सम्पन्न गर्ने भन्दा पनि विवादमा फँस्दै आइरहेको छ। लाइसेन्स खारेज, क्षमता बढाउने लगायतमा अनावश्यक रुपमा सरकारले हात हालेर समयमा आयोजनाहरु नबन्ने अवस्था सिर्जना गरिरहेको छ।
– RSS