विकीलीक्सका संस्थापक जूलियन असान्जले लण्डनस्थित इक्बेडरको दूताबासको बाल्कोनीबाट समर्थकलाई सम्वोधन गरेका छन् ।
सम्वोधनका क्रममा उनलाई ठूलो सुरक्षा दिइएको थियो । उहाँले अमेरिकासहित विश्वभरका सरकारका लकेको गलत काम सार्वजनिक गर्नेविरुद्ध मोर्चा बनेको बताएका छन् ।उनले विकीलीक्स मात्र नभई अभिव्यक्ति स्वतन्त्रता खतरामा रहेको बताए ।
उनले मानिसलाई अँध्यारोमा राखन पत्रकारहरुको समेत मुख बन्द गरिएको बताएका छन् । उनले भनेका छन्-अमेरिकाको अघि चुनाव छ । अक विकीलीक्सको पिछा गर्न छोडोस् ।